मेट लाइफको बिमा सचेतना कार्यक्रम «

मेट लाइफको बिमा सचेतना कार्यक्रम

मेट लाइफ इन्स्योरेन्सले विभिन्न ६ जिल्लामा जीवन बिमाबारे जनचेतना कार्यक्रम आयोजना गरेको छ । कमपनीले आयोजना गरेको सो कार्यक्रममा ६०० जनाले बिभिन्न बिमालेखका फाइदाहरु बारे जान्ने मौका पाएका थिए ।
नेपालगन्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा कार्यक्रमको सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यस विशेष बिमा जागरण कार्यक्रमले मानिसलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइलाई घटाएर आपातकालीन रणनीति विकास गर्न मद्दत गर्ने विस्वास लिएको कम्पनीको भनाइ छ ।
जीवन बिमा उनीहरूका आपतकालीन समयका लागि महत्वपूर्ण रहेको भन्दै कम्पनीले कुनै पनि अप्रत्याशित परिस्थिति जस्तै प्राकृतिक प्रकोप वा जीवनलाई खतरामा पार्ने रोगहरू लागेको खण्डमा उनीहरूको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने दावी गरेको छ । जीवन बिमा योजना प्राप्त गर्नाले मनिसहरूलाई दुर्भाग्यपूर्ण घटना पछि आफ्नो सामान्य जीवन पुन: सुरु गर्न मद्दत गर्ने मेटलाइफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्