इन्धनको मूल्य घट्यो «

इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार मध्यरातबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य घटाइएको हो ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मटीतेलमा १ रूपैयाँ घटाइएको बताए । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको १०९.५० र डिजेल तथा मटीतेलको मूल्य प्रतिलिटर ९७ रूपैयाँ पर्छ । निगमले हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखेको जनाएको छ ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यअनुसार नेपाली बजारमा मूल्य विश्लेषण गरी समायोजन गरिएको हो । मूल्य समायोजनपछि भारतको रक्सोलभन्दा नेपालको वीरगन्जतर्फ पेट्रोल १५.६७ र डिजेल १६.६४ रूपैयाँ प्रतिलिटर सस्तो भएको छ ।

प्रतिक्रिया दिनुहोस्