Logo

व्यावसायिक एकरुपता कायम गर्ने सुनचाँदी व्यवसायीको निर्णय

सुनचाँदी व्यवसायीबीच सबै खालका कारोबार र व्यावसायिक गतिविधिमा एकरुपमा ल्याउने निर्णय भएको छ । काठमाडौंमा सोेमबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघबीच यस्तो सहमति भएको हो ।
यो निर्णयसँगै सुनको आपूर्ति तथा बिक्रीवितरण, मूल्य निर्धारण प्रकृया, बिक्री पछिको खरिद प्रकृया, ज्याला, जर्ति तथा टोलरेन्सलगायतका विषयमा व्यवसायीबीच एकरुपता आउने बताइएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले साझा समस्यामा दुवै महासंघ मिलेर अगाडि बढ्न ेक्रममा यो निर्णय भएको बताए । यो निर्णयले आम उपभोक्तालाई समेत फाइदा पुग्ने उनको तर्क छ । यो निर्णयसँगै मूल्य र गुणस्तरमा एकरुपता कायम हुनेहुनाले आम उपभोक्ताले निर्धक्कसँग कारोबार गर्न सक्ने उनले बताए ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष शुरेसमान श्रेष्ठले साझा समस्यामा दुवै महासंघ मिलेर अगाडि बढ्ने बताए । यो सम्झौतले व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई पनि फाइदा पुग्ने उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्