नेपाल लाइफको बिमा किस्ता भुक्तानीमा आईएमई पेको क्यासब्याक «

नेपाल लाइफको बिमा किस्ता भुक्तानीमा आईएमई पेको क्यासब्याक

आईएमई पेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीलाई लक्षित गरी अफर ल्याएको छ ।
कम्पनीले ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफरअन्तर्गत १० असारदेखि सो एपबाट एनएलआईसीको बिमा किस्ता भुक्तानीमा ग्राहकले भुक्तानी गरेको मूल्यको ०.५ प्रतिशत (अधिकतम २ हजार ५ सय रुपैयाँसम्म) क्यासब्याकको साथै हरेक दिन १ विजेताले २ चन्द्रागिरि केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको छ ।


हालसम्म नेपालको २३ वटा बिमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल आइएमई पेले यस अफरमार्फत अझ बढी ग्राहकलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने बताएका छन् ।
अफरको नियम तथा शर्तहरुमा केवाईसी रुजु भएको प्रयोगकर्ताले बिमा किस्ताको भुक्तानी नियत मिति (ड्यु डेट) भित्र वा नियत मितिपछिको ७ दिनभित्र आइएमई पे एपबाट गरेबापत मात्र क्यासब्याक तथा अरु उपहार जित्ने मौका पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्