Logo

आर्थिक वृद्धिदर ६.८१ प्रतिशत

चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने भएको छ ।
चालू आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. युवराज खतिवडाले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेका थिए । तथ्यांक विभागले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने प्रक्षेपण पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको छ । बजेटको अर्धवार्षिक समीक्षा अर्थमन्त्री खतिवडाले ७ देखि ८ प्रतिशतको बीचमा आर्थिक वृद्धिदर हुने संसोधित लक्ष्य सार्वजनिक गरेका थिए ।
तर, तथ्यांक विभागले शुक्रबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । विभागले अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढेर देशको कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) को आकार ३४ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले ६.५ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेको थियो ।
चालू वर्षमा कृषि क्षेत्रमा ५.०३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ७.४८ प्रतिशत विभागको अनुमान छ।
चालू आर्थिक वर्षमा नेपालीहरुको प्रतिव्यक्ति आय १०३४ अमेरिकी डलर पुग्ने विभागको प्रक्षेपण छ । गत आर्थिक वर्षमा १००४ अमेरिकी डलर रहेको नेपालीको औसत आय यो वर्षमा १०७४ डलर पुग्ने प्रक्षेपण राष्ट्रिय योजना आयोगले गरेको थियो ।
केन्द्रीय तथ्यांक विभागले आगामी पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर ९ दशमलव ६ प्रतिशत पुग्ने अनुमान गरेको छ। 

प्रतिक्रिया दिनुहोस्