इन्धनको मूल्य यथावत «

इन्धनको मूल्य यथावत

नेपाल आयल निगमले इन्धनको मूल्य यथावत राखेको छ । इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले १६ अप्रिलमा पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटरमा १ रूपैयाँ ४३ पैसा र डिजेल प्रतिलिटरमा ७२ पैसा बढेर आए पनि निगमले साविककै मूल्य कायम गरेको हो । निगम नाफामा हुँदा पनि पछिल्लो समयमा मूल्य घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएको बहाना देखाउँदै निगमले मूल्य समायोजन नगरेको हो ।
आइओसीले प्रत्येक महिनाको १६ र १ तारिख नयाँ मूल्य पठाउने गर्छ । निगमले स्वचालित मूल्य प्रणाली पूर्णरूपमा कार्यान्वयनमा ल्याउन सकेको छैन । स्वचालित मूल्य प्रणालीअनुरूप मूल्य बढ्दा बढाउने र घट्दा घटाउनुपर्ने हुन्छ । तर निगम आफैंले लागू गरेको स्वचालित प्रणाली लागू गर्न सकेको छैन । बजारमा पेट्रोल प्रतिलिटर १ सय १० रूपैयाँ र डिजेल ९७ रूपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्