वैदेशिक लगानी बढाउने प्रतिबद्धता «

वैदेशिक लगानी बढाउने प्रतिबद्धता

नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुनिल केसी नेतृत्वको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलसँग भेटवार्ता गरेको छ ।
भेटवार्तामा संघका कार्यबाहक अध्यक्ष केसीले नेपालमा विदेशी लगानीमा सञ्चालित उद्योग तथा कम्पनीले बौद्धिक सम्पति अधिकारका विषयमा भोग्नुपरेको कठिनाइका बारेमा जानकारी गराएका छन् । उनले नेपालमा विदेशी लगानी आकर्षित गर्न सरकारले प्राथमिकता दिएको भएपनि बौद्धिक सम्पति अधिकार सम्बन्धि उद्योगहरुले झेल्नुपरेका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले बौद्धिक सम्पतिमा देखिएको समस्या समाधान नभएसम्म वैदेशिक लगानी नेपाल ल्याउन समस्या हुने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पोखरेलले संघले प्रस्तुत गरेको बिषय अत्यन्त सान्दर्भिक रहेको बताउँदै सरकारले बौद्धिक सम्पति अधिकारको विषयमा देखिएका सम्स्या समाधानका लागि प्रक्रिया अघि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्