अनलाइन बिंगो खेल्ने १६ जना पक्राउ

नेपाल प्रहरीले अनलाइन बिंगो खेल्ने १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन बिंगो खेल्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उक्त खाजा घरमा अनलाइन बिंगो खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई ७४ हजार १५० सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुसँग प्रहरीले एक हजार ५०० थान बिंगो टिकट र दुई थान स्पिकरसमेत बरामद गरेको छ ।