नेपाल–भारतको पर्यटन प्रवद्र्धन गरिने

नेपाल–भारतको पर्यटन प्रवद्र्धन गर्नका लागि ‘कफि टेबल बुक्स’ तयार पारिने भएको छ ।
नेपाल भारतमा रहेको ५ वटा सर्किटको बारेका विस्तृत जानकारी दिने गरी कफि टेबल बुक्स तयार पार्न लागिएको हो । कोभिड–१९ कारण ‘नेपाल–भारत वाइल्याटल टुरिजम प्रमोसन’ को छलफल हुन सकेको थिएन । सन् २०२२ भित्रै नेपाल भारतको पर्यटन प्रवद्र्धनका लागि भारतमामा छलफल हुन लागेको होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले बताइन् ।
दुवै देशका सरकारी र निजी क्षेत्रको संयुक्त छलफलबाट कसरी पर्यटन प्रवद्र्धनमा केन्द्रीत भएर छलफल हुने जनाइएको छ । नेपाल र भारतमा रहेको रामायण सर्किट, बुद्धिस्ट सर्किट, महाभारत सर्किट, सिख सर्किट, शिव शक्ति सर्किटकाबारेका संयुक्त प्रचारप्रसार गर्ने योजना रहेको बताइएको छ । यसको लागि कफि टेलब बुक्स र बेवसाइड तयार गरिने अध्यक्ष राणाको भनाइ छ । दुई देशका सर्किटमार्फत पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने जनाएको थियो ।
६ जुलाइ २०१८ मा काठमाडौंमा भएको दुई पक्षको संयुक्त कार्यादलले ओभर ल्यान्ड ट्राभल, सडक पूर्वाधार स्तरोन्नती र संयुक्त पर्यटन प्रवद्र्धन तथा ब्रान्डिङ गर्नुपर्ने सुझाएको थियो । सो कार्यदलको बैठक २ वर्षको अन्तरालमा हुने भनिएको भएपनि सन् २०१९ को अन्त्यबाट कोरोना महामारीका कारण हुन सेकेको थिएन ।