खोटाङमा एक किराना पसलमा आगलागी, ५ लाख बराबरको क्षति «

खोटाङमा एक किराना पसलमा आगलागी, ५ लाख बराबरको क्षति

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, छापडाँडास्थित एक किराना पसलमा आगलागी भएको छ । बिहीबार बिहानको राति २ बजेतिर स्थानीय ३५ वर्षकी सरिता राउतको किराना पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए ।
आगलागीबाट जस्ता र काठले बनेको एक तल्ले पसलसहित पसलभित्रका सामान जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागी भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोली र स्थानीयको सक्रियतामा बिहानको राति २ः४५ बजे आगो पूर्ण रूपमा निभाइएको छ । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्