त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा ठाकूर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रेमनाथ ठाकुर नियुक्त भएका छन् ।
नागरिक नागरिक उड्डयन प्राधिकरणले ठाकुरलाई विमानस्थलको महाप्रबन्धकमा नियुक्त गरेको हो । विगत १० वर्ष भन्दा बढी समय विमानस्थल कार्यालयमा विताएका ठाकुरले हवाई यात्रुको सेवा सुविधाका लागि काम गर्ने योजना रहेको बताए ।
आन्तरिक हवाई यात्रुको लागि आगमन कक्षको निर्माण, हवाई सुरक्षाका लागि सारोकारवाला निकायसँगको समन्वयमा विमानस्थललाई नयाँ उचाइमा पु-याउने आफ्नो योजना रहेको ठाकुरको भनाइ छ । आन्तरिक हवाई यात्रुको संख्यामा बृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक यात्रुको लागि नयाँ आगमन टर्मिनल भवन निर्माणको प्रकृया अगाडि बढाइएको छ ।
नयाँ टर्मिनल भवनको निर्माण समयमै समापन गरी यात्रुलाई सुलब हवाई यात्रामा सहजता प्रलदान गरिने उनले बताए । विमानस्थलमा यसअघि रहेका महाप्रबन्धक भोलाप्रसाद गुरागार्इँ उमेर हदका कारण फागुन १६ गते अवकास पाउँदै छन् ।