पेट्रोलियम पदार्थको अभाव र अर्थतन्त्र

चरम मूल्यवृद्धिले गर्दा एकातिर उपभोक्तालाई प्रत्यक्ष मार पर्छ भने अर्कातिर बजार भाउ बढ्दा झन् दोहोरो मार पर्छ ।
यही साता बजारमा ग्यासको अभाव हुने हल्ला चल्यो । केही वर्षअघि मात्रै देशले चरम नाकाबन्दी भोगेको अवस्थामा फेरि ग्यासको अभाव गराएर उपभोक्तालाई सास्ती दिन खोजिए पनि सफल भएनन् । व्यवसायीहरूको कमिसनको चलखेलले गर्दा पनि बजारमा ग्यासको अभाव गर्न खोज्दा उपभोक्ता सधैं मारमा पर्ने गरेका छन् । सरकार र ग्यास व्यवसायीबीचको कमिसनका विषयमा बेला–बेलामा मतान्तर हुँदा आमउपभोक्तालाई समस्या पर्नुका साथै दैनिक जीवनयापन चल्नसमेत गा¥हो परेको सर्वसाधारणको गुनासो छ ।
सर्वसाधारणको दैनिक जीवनमा आइपर्ने अत्यावश्यक इन्धन भनेकै ग्यास हो । व्यवसायीहरू ग्यासको अभाव हुने जानकारी पाउनासाथ आआफंैले मौज्दात घरमै राख्ने गर्छन् । यसरी डिलरमै ग्यास राख्नाले उपभोक्ताले समयमा ग्यास पाउँदैनन् र ग्यासको अभाव हुन पुग्छ ।
उता भने आयल निगम (एनओसी) ले बजारमा ग्यास तथा पेट्रोलको अभाव नभएको जानकारी दिएको छ । निगम भन्छ, राजधानीमा मात्र हामीले पर्याप्त मात्रामा ग्यासजन्य पदार्थको वितरण गरेका छौं । व्यवसायीहरूको कमिसनको खेलले गर्दा पटक–पटक हुने आन्दोलनले व्यवसायीहरूले सर्वसाधारणलाई वितरण नगरी आफंैले मौज्दात राख्नाले बजारमा केही अभावजस्तै भएको हो । आयल निगमले पर्याप्त मात्रमा बजारमा ग्यास वितरण भइरहेको जानकारी दिँदा पनि उपभोक्ताले विश्वास गर्ने आधार छैन ।
देशको अर्थतन्त्र तथा विदेशी मुद्रामा हुने उतारचढावले गर्दा बर्सेनि ग्यास तथा तेलको मूल्यमा उतारचढाव आइरहने गर्छन् । यसबाट उपभोक्तामा पर्ने असरा त छँदैछ । मूल्य अत्यधिक बढ्दा व्यवसायी तथा सर्वसाधारणलाई सा¥शै मार पर्ने र व्यवसायीहरूको कमिसनमा पनि केही फेरबदलले गर्दा व्यवसायीहरूको मागमा सरोकार तथा निगमको सुनुवाइमा कार्यान्वयन ढिला हुने भएकाले पनि सर्वसाधारण मर्कामा परेको व्यवसायीहरूको गुनासो छ ।
कुनै कुनै वर्ष त तीन–चार पटक समेत पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको देखिन्छ । चरम मूल्यवृद्धिले गर्दा एकातिर उपभोक्तालाई प्रत्यक्ष मार पर्छ भने अर्कातिर बजार भाउ बढ्दा झन् दोहोरो मार पर्छ । पेट्रोलियम पदार्थ को चरम मूल्य वृद्धिले आवश्यकअनुसार सवारी नचल्नाले हजारौं यात्रु मर्कामा परेको देखिन्छ भने साना सवारी साधनहरूको पेट्रोल पम्पमा अत्यधिक भीडभाड हुने गरेको समेत हामी देख्छौं । अन्त्यमा सरकार र व्यवसायीबीचको विवादले गर्दा नै सर्वसाधारणले दुःख पाएको गुनासो छ । पेट्रोलियम पदार्थको चरम अभावमा देशमा रहेका ठूला–ठूला उत्पादनमूलक कम्पनीहरूमा धेरै घाटा भएको सुनिन्छ । दैनिक कार्यसम्पादन गर्ने क्षेत्रमा समेत अप्ठ्यारो परेको परेको देखिन्छ ।
कहिलेकाहीं सरकार तथा व्यवसायीबीच हुने विभिन्न किसिमका माग समाधानका प्रक्रियाले गर्दा पनि सर्वसाधारण मर्कामा पर्ने देखिन्छ ।
यस्तै, पेट्रोलियम पदार्थको अभावमा देशको अर्थतन्त्र समेत धराशायी हुने हुनाले गर्दा व्यवसायीको जायज माग सरकारका तर्फबाट समाधान गर्नु जरुरी छ भने अनावश्यक मागमा सम्बन्धमा भने सरकार व्यवसायीसँग कडा रूपमा प्रस्तुत हुन आवश्यक छ । नत्र केही व्यापारी कालोबजारी गरेर उपभोक्तालाई ठगेर फाइदा उठाउन पल्कने देखिन्छ ।
—गोविन्द चापागाईं