गायिका सम्झना पाण्डेको नयाँ गीत «

गायिका सम्झना पाण्डेको नयाँ गीत

लामो समयदेखि अमेरिकामा बस्दै आएकी गायिका सम्झना पाण्डेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ।
बिहिबार काठमाडौंमा हाँस्य अभिनेता बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो प्रिमियर गरिएको हो । ’नाचम नाचम’ बोलको डान्सिङ नम्बरमा सम्झना पाण्डे र राजन राज शिवाकोटीले स्वर दिएका छन् ।
सार्वजनिक गीतमा शब्द तथा संगीत राजन राज शिवाकोटीको छ । राजन इशानको संगीत संयोजन रहेको गीत पार्टी तथा बिभिन्न सांस्कृतिक कार्यक्रममामा बज्ने खालको बनेको छ । कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले गायिका तथा मोडल पाण्डेलाई शुभकामना दिँदै भिडियो र गायनको प्रसंशा गरेका थिए ।
बाल्यकाल देखि नै गायनमा रुचि राख्ने पाण्डेले यसअघि आफ्नो स्वरमा ४ वटा गीत सार्वजनिक गरिसक्नुभएको छ । अमेरिका बसे पनि नेपाल र नेपाली गीत संगीतलाई माया गर्ने पाण्डेले यस पटकको नेपाल बसाईमा तीनवटा गीत र भिडियो निर्माण गरिरहेको बताउनुभयो । रेडियो नेपालको बाल कार्यक्रममा गीत गाइसक्नुभएकी पाण्डेले थुप्रै विज्ञापनमा आफ्नो स्वर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्