रानीपोखरी सरसफाइ अभियान सुरु «

रानीपोखरी सरसफाइ अभियान सुरु

विश्व सरसफाइ अभियन्ताले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् ।
पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरूले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् । रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरूले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाइ अभियन्ता राजमान मानवले जानकारी दिए ।
उनले २०१५ सालमा महानगरपालिका बनेदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन महानगरले गर्ने भनिए पनि त्यसअनुसारको काम नभएको भन्दै काठमाडौं उपत्यका सफाइ अभियान समूहको समन्वयमा रानीपोखरी वरपरका क्षेत्र सफा गर्न लागिएको बताए । अभियन्ता मानवले बिहान ६ देखि ९ बजे, ११ देखि ४ बजेसम्म र राति ८ देखि ११ बजेसम्म गरी दिनमा तीन पटक फोहोर नगरौँ एक महिने अभियान सुरु गरेको बताए ।
काठमाडौं महानगरपालिकाले सर्वसाधारणका लागि रानीपोखरी खुला गर्ने तयारी गरेको छ । केही साना संरचना निर्माण्को काम सम्पन्न भएपछि छिट्टैखुला गर्ने बताइएको छ । रानीपोखरी आसपासको क्षेत्रमा भइरहेको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रानीपोखरी प्रवेशद्वार, टिकट काउन्टर तथा शौचालयको निर्माण कार्य भइरहेको छ । रानीपोखरी प्रवेशका लागि जमल क्षेत्रमा प्रवेशद्वारसँगै फल्चाको पनि निर्माण कार्य भइरहेको छ । यस्तै, शान्तिबाटिका क्षेत्रमा गोलघरसहितका फल्चाहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्