मनाङमा चिसो बढेसँगै जिल्ला छाड्दै स्थानीय

चिसो बढेसँगै हिमालपारिको जिल्ला मनाङको जनजीवन कष्टकर बन्दै गएको छ । साविकका वर्षझैं यसवर्ष हिमपात नभए पनि अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको हो ।
यसवर्ष राम्रोसँग हिउ“ नपरे पनि मनाङमा चिसो भने अत्यधिक बढ्दै गएको त्यहा“का स्थानीयले बताएका छन् । चिसोका कारण स्थानीयलाई बाहिर निष्कन निकै कठिन छ । अत्यधिक चिसोले गर्दा खोला खोल्सालगायत पिउनका लागि ल्याइएको पानी पाइपभित्रै जम्न थालेको मनाङका स्थानीय सोनाम लामाले बताए ।
अत्यधिक चिसोका कारण मनाङमा निकै जाडो हुने गर्दछ । जाडोका कारण मनाङमै रहेका नागरिकलाई घरबाहिर निस्कनसमेत कठिन हुने गर्दछ । माथिल्लो क्षेत्रमा हिउ“ पर्न सुरु भएपछि अत्यधिक चिसो हुने भएकोले घर कुरुवा केही ब्यक्ति र गोठाला राखेर अधिकांस मनाङ्गी लमजुङ, काठमाडौं, पोखरा, चितवनलगायतका जिल्लामा पुग्ने गर्छन ।
मनाङका अधिकाँश स्थानीयहरु जाडो छल्न जिल्ला छोड्ने गरे पनि गत वर्षको जाडोमा भने अधिकाँश स्थानीय जिल्लामै बसेका थिए । विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमका कारण अधिकाँश स्थानीयले जिल्ला छोडेर अन्यत्र नगएका हुन् । तर यसवर्ष भने जिल्लाको माथिल्लो क्षेत्रका बासिन्दा अधिकाँश जिल्ला छोडेर अन्यत्र गइसकेका छन् ।
जिल्ला सदरमुकामसमेत रहेको चामे गाउँपालिका र तल्लो क्षेत्र नासोङ गाउँपालिकामा चिसोको असर धेरै नपर्ने भएकाले दुई पालिकाका अधिकाँशले भने जिल्ला छोड्ने गरेका छैनन् । स्थानीयबासीस“गै सरकारी कार्यालयका कर्मचारी पनि जिल्ला छोड्ने गर्दछन् । जाडोमा मनाङ्गीहरू समेत अन्यत्र जाने भएकाले सरकारी कार्यालयमा खासै काम नहुने हु“दा कर्मचारी पनि घर बिदामा हिँड्ने गर्दछन् ।
चिसोका कारण मनाङमा ताल, बगिरहेका खोला, झरना तथा पाइपको पानी समेत जम्ने गर्दछ । धारा तथा पाइपमा समेत पानी जमेपछि मनाङको जनजीवन कष्टकर बन्ने गर्दछ । चिसो मौसममा माथिल्लो मनाङमा तापक्रम माइनस २० डिग्री सेन्टिग्रेटभन्दा तल हुने गरेको छ । माथिल्लो मनाङमा घाम नउदाउँदासम्म त्यहाँको तापक्रम माइनसमै हुने बताइएको छ ।