वायुसेवा सञ्चालक संघको अध्यक्षमा थापा

वायुसेवा सञ्चालक संघको अध्यक्षमा क्याप्टेन रामेश्वर थापा चयन भएका छन् । संघले सिम्रिक एयरका कार्यकारी अध्यक्ष थापाको नेतृत्वमा २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष क्या. थापाले हवाई सञ्चालन उद्योग कोभिड महामारीका कारण उठ्न नसक्ने गरी अप्ठेरोमा परेको र विगत १ वर्षदेखि लगातार हवाई इन्धनमा भएको बढोत्तरीले झनै कठिनाई थपिदै गएको बताए ।
क्याप्टेन थापाले नेपाली हवाई क्षेत्रमा विगत दुई दशकदेखि हेलिकप्टर कम्पनी सञ्चालन गर्दै आएका छन् ।
संघको प्रथम उपाध्यक्षमा अनोज रिमाल, यति एयरलाईन्स, द्वितिय उपाध्यक्षः गोपाल भट्टराई, सौर्य एयरलाइन्स, तृतिय उपाध्यक्षः निमा नुरु शेर्पा, अल्टिच्यूड एयर महासचिवमा मनोज कार्की, समिट एयर रहेका छन् । सचिवमा राजु न्यौपाने मनाङ्ग एयर तथा कोषाध्यक्षः रुपेश जोशी, बुद्ध एयर छन् ।
सदस्यमा फुरु ग्याल्जे शेर्पा, हेली एभरेष्ट, सुवास अमात्य, प्रभू हेलिकप्टर, अनिल मानन्धर श्री एयरलाइन्स, प्रज्वल थापा, गुण एयरलाइन्स छन् । यस्तै श्रीहरि कुईकेल, कैलाश हेलिकप्टर सर्भिसेस् र बालकृष्ण पण्डित, एयर डाइनेष्टि हेलि सर्भिसेस् रहेका छन् ।