सिभिल ग्रुपका अध्यक्ष तामाङ सीआईबीको नियन्त्रणमा

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना सीआईबीको नियन्त्रणमा परेका छन्। उनीहरुलाई सोमबार राति प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हाे । पक्राउ पर्नेमा सिभिल ग्रुपका अध्यक्ष तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित रहेका छन्।
इच्छाराजको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले ४६ करोड रुपैयाँ ठगी गरेको प्रमाणसहित उजुरी सीआईबीमा छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे ब्युरोले जनाएकाे छ । उनी पूर्व सांसद समेत हुन् ।