उत्साहित कलाकारहरूको नगर बन्दै ललितपुर महानगर «

उत्साहित कलाकारहरूको नगर बन्दै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले कलाक्षेत्रमा समर्पित कलाकारहरूको विकासका लागि सम्बोधन गर्ने भएको छ । नजिकिँदै गरेको पर्वहरू मोहनी, दसैं, नेपाल सम्वत ११४२ नव वर्ष, स्वन्ति, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा सम्मानएवं शुभकामना दिने उद्देश्यले नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले “कला क्षेत्रको विकासका लागि गर्न सकिने कामकाबारे योजना लिएर आउनुस् म सहयोग गर्नेछु” भने ।
ललितपुर महानगरपालिका वडा १६ ले कलाकार समिति स्थापना गरी कला क्षेत्रमा समर्पितका लागि कार्य सम्पादन अघि बढाएको प्रतिखुशी ब्यत्त mगर्नुहुँदै वडास्तरबाट थालनीभएको यो प्रयासले आफू निकै हौसिएको भन्नु हुँदै अपाङता भएका कलाकारहरूका लागि पनि सहयोग गर्ने सोच रहेको जानकारी गराए ।
संघको ललितपुर शाखालाई ट्रयाकसुट सहयोग गर्नुभएका कार्यक्रमका विशेष अतिथि जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरदकुमार महर्जनले आफू पनि कलाकारिता क्षेत्रमै समर्पित रहेको उल्लेख गर्नुहुँदै कलाकारको दुःख बुझेको र उक्तदुःख कम गर्न सहयोग गर्न सदा तत्पर रहने बताए । जुजु वेयर्सले भने शाखालाई टिसर्ट सहयोग गरको हो ।
कार्यक्रमका अतिथिहरू ललितपुर महानगरपालिका १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले कला क्षेत्रले समाजलाई उत्साहित गर्ने मात्र होइन राज्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिने भएकाले कलाकारहरूलाई प्रोत्साहित गर्नुपर्नेतर्फ ललितपुर महानगपालिकाको ध्यानाकर्षण गराए । साथै ललितपुर महानगरपालिका–८ का वडा अध्यक्ष हेम महर्जनले पनि शुभकामना दिएका थिए ।
वडा १६ कलाकार समितिका संयोजकको जिम्मेवारी प्रभावकारी रुपमा वहन गर्न सकियोस् भनी शुभकामना व्यक्त गर्दै डिडान ललितपुर शाखाका सल्लाहकार एवं नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यलाई सम्मान गरिएको थियो । सम्मानपश्चात आफ्नो कुरा राख्नुहुँदै उहाँले मातृभाषा पत्रकारिता क्षेत्रको विकास र प्रोत्साहनमा पनि राज्यको खोजी भइरहने उल्लेख गर्नुहुँदै कला क्षेत्रको अवस्था पनि त्यस्तै रहेको कुरा राखे ।
हिजोको कलाकारिताले भरिएको सम्पदामा गौरव गर्ने आजको पुस्ताको सोही क्षेत्रमा योगदान के छ ? भनी प्रश्न गर्नुहुँदै आजको पुस्ताको सिर्जनाप्रति पनि भविष्यले गौरव गर्ने स्थान बनाउनु स्थानीय तह तथा सरकारको ध्यानाकर्षण गराए ।
केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नृत्य निर्देशक संघ ललितपुर शाखाको सक्रियताले शक्ति सञ्चार गरेको उल्लेख गर्नुहुँदै स्थानीयतहको साथले यो क्षेत्र अझ फस्टाउने विश्वास व्यक्त गरे ।
शाखाका अध्यक्ष प्रदिपरमण सिँ डंगोलको सभापतित्वमाभएको कार्यक्रममा नृत्य निर्देशक संघ काठमाडौं शाखाका उपाध्याय अर्जुन तामाङको असमायिक निधनप्रति समवेदना प्रकट गर्दै मौन धारण पनिगरिएको थियो । विभिन्न शाखाको उपस्थितिले रौनक थपेको कार्यक्रममा नवगठित काठमाडौं, भक्तपुर तथा काभ्रेपलाञ्चोक शाखाका पदाधिकारी तथा सदस्यहरूलाई पनि नेवार परम्पराअनुसार सगुन दिएर शुभकामना व्यक्ति गरेका थिए । परम्पराको महत्वकाबारे भने ललितपुर शाखाका सल्लाहकार वरिष्ठ कलाकार संजय शर्मा राजोपाध्यायले प्रकाश पारे ।

प्रतिक्रिया दिनुहोस्