महासंंघद्धारा सेवा शुल्क हटाउने रेवानको निर्णयको स्वागत «

महासंंघद्धारा सेवा शुल्क हटाउने रेवानको निर्णयको स्वागत

रेष्टुरेन्ट तथा बारहरूमा लगाउंँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने रेष्टुरेन्ट तथा वार एशोसिएसन (रेवान ) नेपालको निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंंघले स्वागत गरेको छ ।
उपभोक्ताको हितलाई धनमा राखी गरिएको सेवा शुल्क हटाउने निर्णयबाट समस्त उपभोक्ताको हित हुनुका साथै यसबाट पर्यटन क्षेत्रको विकास तथा विस्तारमा समेत सकारात्मक सहयोग पुग्न जाने पनि महासंघले जनाएको छ ।
महासंघले भनेको छ, ‘रेष्टुरेन्ट तथा बारहरूमा लगाउंँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने रेस्टुरेन्ट तथा वार एशोसिएसन नेपालको हालैको निर्णयप्रति यस महासंंघको ध्यानाकर्षण भएको छ। उपभोक्ताको हितलाई धनमा राखी गरिएको सेवा शुल्क हटाउने निर्णयबाट समस्त उपभोक्ताको हित हुनुका साथै यसबाट पर्यटन क्षेत्रको विकास तथा विस्तारमा समेत सकारात्मक सहयोग पुग्न जाने महासंघको धारणा रहेको छ।’
रेस्टुरेन्ट तथा बारहरुमा लगाइएको १० प्रतिशत सेवा शूल्क हटाउने निर्णयविरुद्ध त्यहाँ कार्यरत मजदुरहरु आन्दोलित हुँदै आएका छन्। २०६३ सालदेखि चल्दै आएको १० प्रतिशत सेवा शुल्क अहिले बिनाकारण षड्यन्त्रपूर्वक तरिकाले हटाएर मजदुररुकाे आराेप छ।
तर रेस्टुरेन्ट तथा एसोसिएसन अफ नेपाल (रेबान)ले भने रेस्टुरेन्ट तथा बारमा ग्राहकबाट लिने १० प्रतिशत सेवा शुल्क हटाउने आफ्नो निर्णयबाट पछाडि नहट्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्