Logo

प्रयोगविहीन बसपार्क

पाँचथर-निकै तामझामका साथ दोस्रो पटक उद्घाटन गरिएको फिदिम बसपार्कमा यातायात जान नमान्दा बजार क्षेत्रमा पहिलेको जस्तै सवारी चाप बढेको छ ।
सञ्चालन नै नभई दोस्रो पटक उद्घाटन गरिएको फिदिम बसपार्कमा सवारीको चाप अहिले पनि उस्तै छ । बजारका चोकचोकमा गाडी पार्क गरिएको छ । साना गल्लीमा सवारी खचाखच राखिएको छ ।
फिदिम नगरपालिका–२ मा निर्माण गरिएको बसपार्क २०७१ साल वैशाख १ गते पहिलो पटक उद्घाटन गरिएको थियो । तात्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उद्घाटन गरेको बसपार्कलाई करिब ४ वर्षपछि फेरि प्रमुख जिल्ला अधिकारीले नै उद्घाटन गरेका थिए । बसपार्कमा गाडी इन्ट्री कार्ड लिनमात्रै पुग्ने गरेका छन् । दैनिक २ सयदेखि २ सय ५० गाडी इन्ट्री कार्ड लिन त्यहाँ पुग्ने गरेको फिदिम नगरपालिका कर्मचारी ज्ञानेन्द्र पोख्रेलले बताए । दैनिक २ सयदेखि २ सय ५० सम्म गाडी आउँछन् । उनले भने, “तर यही बस्ने गाडी भने कम छन् । गाडीको पास वितरणका लागि नगरपालिकाले दुई कर्मचारी हाल बसपार्कमा परिचालन गरेको छ ।”
काउन्टरसहितका बसपार्कका आधारभूत संरचना अहिले बसपार्कमै पु¥याइएको छ । सुरक्षाका लागि अस्थायी प्रहरी बिट नै स्थापना भएको छ । ब्यवस्थित काउण्टर राखिएको छ । खानेपानी, विद्युत्, टेलिफोनसहितका पूर्वाधार पु¥याइएको छ । बसपार्क जाने आउने सडक चौतर्फी क्लियर गरिएको छ । तर पनि गाडी त्यहाँ पार्क हुँदैनन् । अधिकांस ब्यवसायीले बसपार्कका संरचना नबन्दासम्म भन्ने गरेको सुरक्षाको विषय अब छैन । तर पनि गाडी बसपार्क पुग्दैनन् । विशेष गरेर पार्कका लागि पुग्दैनन् । गाडी बसपार्क नलगिँदा बजारको शौन्दर्यतामा पहिलेझैं समस्या सुरु भएको छ । सवारी दुर्घटनासहितका समस्या झनै बल्झिएको छ ।
बजारमा जारी प्रतियोगिता र सांस्कृतिक कार्यक्रमका कारण बजारमा थप चाप देखिएको छ । त्यसको उचित ब्यवस्थापन हुन सकिरहेको छैन । बसपार्क प्रभावकारी रूपमा सञ्चालन नहुँदा थप समस्या छ । ठूलै तामझामका साथ बसपार्क सारिए पनि भनेजस्तो सहज सञ्चालन नभए पनि फिदिम नगरपालिकाको कार्यशैलीमा कुसलता नदेखिएको स्थानीयले बताउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्