लुम्बिनीमा १०८ वटा बाघ

लुम्बिनी प्रदेशमा बाघको संख्या बढ्दै गएको छ । सन् २०१८ मा भएको बाघ गणना अनुसार लुम्बिनी प्रदेशका बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जमा १ सय ८ वटा बाघ छन् । बाघ गणना अनुसार नेपालमा २३५ वटा बाघ फेला परेका थिए । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशको बर्दिया र बाँके निकुञ्ज क्षेत्रमा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरि भद्र आचार्यले बताए ।
उन्का अनुसार बर्दियामा ८७ तथा बाँकेमा २१ वटा पाटे बाघ छन् । लुम्बिनी प्रदेशमा पाटे बाघ बढ्नुको कारण यहाँ भालेको तुलनामा पोथी बाघको संख्या बढी हुनु पनि हो । सन् २०१३ मा बाँकेमा ४ वटा मात्रै बाघ थिए । ४ वर्षमा बढेर २१ पुगे । त्यस्तै बाघको अवस्था बर्दियामा पनि छ ।