नेशनल लाईफको बिमाशुल्क १२ अर्ब माथि «

नेशनल लाईफको बिमाशुल्क १२ अर्ब माथि

जीवन बिमा व्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बिमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो ।
कूल बिमाशुल्क १२ अर्ब १६ करोडसहित प्रथम बिमाशुल्क चार अर्ब भन्दा माथि पु¥याउन सफल भएको छ । नेपालमा सञ्चालित जीवन बिमा कम्पनीहरुको स्टाटस नै तलमाथि हुने गरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको छ र कम्पनीले थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता वर्ग उत्साहित र विश्वस्त छन् । युनियन लाईफको ३ अर्ब १९ करोड बिमाशुलक संकलन गरेको बिमा संस्थानले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढी प्रथम बिमाशुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, नविकरण बिमाशुल्क समेत उल्लेख्य रुपमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बिमाशुल्क संकलन गरेकोमा गत आर्थिक वर्षमा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बिमाशुल्क संकलन गरेको हो ।
सबै वित्तीय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अब नेपालको दोश्रो ठूलो जीवन बिमा कम्पनी बन्न पुगेको छ । नेपालको सबैभन्दा ठूलो जीवन बिमा कम्पनी नेपाल लाईफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अरब ८४ करोड कूल बिमाशुल्क आम्दानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्