Logo

बजेट संशोधन हुन्छ : अर्थमन्त्री शर्मा

cy{dGqL zdf{ sfo{qmddf ;xefuL x’Fb} sf7df8f}F, #) c;f/ M gjlgo’Qm cy{dGqL hgfb{g zdf{ a’waf/ cy{ dGqfnodf cfkmgf] kbef/ u|x0fkl5 cfof]lht sfo{qmddf ;xefuLx? . t:jL/ M /Tg >]i7÷ /f;;


नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले नयाँ सरकारको आवश्यकता र भिजनअनुसार आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट संशोधन गरिने बताएका छन् ।
बुधबार अर्थमन्त्रीको कार्यभार सम्हालेलगत्तै कर्मचारीहरुसँगको पहिलो बैठकमा शर्माले बजेट संशोधन गर्ने विषय इंगित गरेका हुन् । “बजेटका सन्दर्भमा अदालतले केही कुरा बोलेको पनि छ । नयाँ सरकारको आफ्ना आवश्यकता र भिजनको कुरा पनि छ । यसबारे हामी विस्तृत छलफलमा लागौं,” अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले भने ।
अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई केही परिवर्तन गरी संसदबाटै पारीत गरेर ल्याउने नयाँ सरकारको तयारी छ । शर्माले मन्त्रालयको कार्यभार समालेको पहिलो दिन कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट सहमति दिने लगायतका विभिन्न महत्वपूर्ण फाइलहरु सदर गरेका छन् ।
अर्थमन्त्री शर्माले आफू अर्थतन्त्रको राम्रो ज्ञाता नभएको र संयोगले अर्थमन्त्रीको जिम्मेवारीमा आइपुगेकाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्न पनि कर्मचारीलाई आग्रह गरेका छन् ।
उनले कर्मचारीलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गरेका छन् । कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफू राष्ट्रको लागि केही गर्ने उद्देश्य साथ आएको बताए ।
मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिड्ने आफ्नो प्रतिवद्धता भएको मन्त्री शर्माले बताए । मन्त्री र कर्मचारीबीच कुनै दूरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गरे । मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न उनले आग्रह गरे ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बढिरहेको व्यापार घाटा चुनौतिको रुपमा देखिँदै गएको बताए । नवनियुक्त अर्थमन्त्रीको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले मुद्रा संचितिको अवस्था राम्रो भएपनि व्यापार घाटा चुलिँदै गएकोमा चिन्तित हुनुपर्ने बताए ।
उनले देशको विकास निर्माण तथा सेवा क्षेत्रमा खर्च गर्न पर्याप्त मौज्दात भएपनि हरेक वर्ष बढ्दै गएको व्यापार घाटाले समस्या निम्त्याउने बताए । आगामी आर्थिक वर्षमा निर्यातको मात्रा बढाउन सरकारको ध्यान जानुपर्ने बताए । देशमा निर्माण वा उत्पादन हुनसक्ने सानो भन्दा सानो माल वस्तु पनि महंगोमा आयात भइरहेको गर्भनर अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्