Logo

ज्येष्ठ नागरिक समाज माकलबारीको सम्मान

ज्येष्ठ नागरिक समाज माकलबारीले ज्येष्ठ नागरिक तथा बुहारी सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
७० वर्ष नाघेका ज्येष्ठ नागरिक र एकल ससुरा वा सासुलाई माया ममताका साथ पालन पोषण गर्ने बुहारीलाई समाजले सम्मान गरेको छ । समाजका अध्यक्ष टेकनाथ अधिकारीका अनुसार ज्येष्ठ नागरिक तथा पारिवारिक कर्तव्य निर्वाहमा अब्बल बुहारीहरुमा उत्साह जगाउन सम्मान कार्यक्रम गरिएको हो ।
समाजको तर्फबाट गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले ज्येष्ठ नागरिक तथा बुहारीहरुलाई दोसल्ला ओडाउनुका साथै सम्मानपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा ३० ज्येष्ठ नागरिक ८ जना बुहारी र ज्येष्ठ नागरिकलाई सहयोग गर्ने ३ व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्