Logo

फुडमान्डुको खाना, खल्तीबाट भुक्तानी

अनलाइनबाट अर्डर गरिएको खानाको पेमेन्ट पनि अनलाइनबाटै गर्न पाइने भएको छ । फुडमान्डुबाट गरिएको खानाको अर्डरको पैसा अब नगद दिनु नपर्ने अर्थात् अनलाइनबाटै तिर्न सकिने भएको हो ।
अन्लाइनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने सुविधा दिइरहेको फुडमान्डुले मोबाइल भुक्तानी सेवा प्रदायक खल्तीबीच यससम्बन्धि सम्झौता गरेका छन् । खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले बिहिबार सम्झौतापत्रमा हस्ताक्षर गरेर साझेदारी सुरु गरेका हुन् । साझेदारीपश्चात् फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्तीमार्फत् मोबाइलबाटै तिर्न सकिने भएको छ ।
साझेदारी सुरुवातको अफरका रुपमा फुडमान्डुबाट अर्डर गरी खल्तीबाट पैसा तिरेमा ५ प्रतिशत क्यासब्याकको अफर पनि ल्याएका छन् । “अब फुडमान्डुका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नु पर्दैन,” फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले भने, “खल्तीको डिजिटल भुक्तानी सुविधासँगै नेपालमा विद्यमान क्यास अन डेलिभरी प्रणालीमा हुने झन्झटबाट मुक्त हुने अपेक्षा गरेका छौं ।” साझेदारीसँगै अन्लाईनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाईलबाटै सजिलै पैसा भुक्तानी गर्न सक्ने सुविधा थपिएको खल्तीका निर्देशक अमित अग्रवालले बताए । आठ वर्षअघि सुरु भएको फुडमान्डुले काठमाडौं उपत्यकाका तीन सय रेस्टुराँहरूबाट अनलाइटमा अर्डर गरिएका खानाका परिकारहरू घरघरमा पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्