यूनियन लाइफका सिइओ कर्णको कार्यकाल थप «
Logo

यूनियन लाइफका सिइओ कर्णको कार्यकाल थप


यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णको एक कार्यकाल थपिएको छ । कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरी अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो ।


कर्णको यहि असार मसान्तबाट कार्यकाल सकिँदै छ । कार्यकाल सकिनु भन्दा एक महिना अगाडि नै सञ्चालक समितिले अर्को कार्यकाल थप गर्ने निर्णय गरेको हो । बिमा क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव रहेका कर्णले एमबिए गरेका छन् ।


युनिनय लाइफले २०७४ असोज ४ गते जीवन बिमा व्यवसाय शुभारम्भ गरेको थियो । कर्णलाई कम्पनीको सञ्चालक समितिले २०७४ साउनमै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । जीवन बिमा व्यवसाय शुभारम्भ गरेको दुई वर्षमै केही पुराना जीवन बिमा कम्पनीलाई उछिन्न सफल भएको युनियनले आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेको छ ।


नयाँ सञ्चालनमा आएका १० जीवन बिमा कम्पनी मध्ये युनियन लाइफको बजार हिस्सा २६.८४ प्रतिशत छ । कम्पनीले सर्वसाधारणका लागि ६४ करोड ५० लाख रुपैयाँको प्राथमिक सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बोर्डले अनुमति दिएसँगै कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्नेछ । कर्णको थप कार्यकाल ४ वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्