निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्छौं : यादव «

निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्छौं : यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै यादवले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय पूर्वाग्राहपूर्ण भएको बताएका हुन् ।


राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्यमान्यता, विधि र पद्धतिको आयोगले सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरेको उनले बताएका छन् । यादवले आयोगको निर्णयका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्