सवारी चालक श्रेष्ठ हत्या आरोपमा पाँच जना गिरफ्तार

गजुरी गाउँपालिका–७ निवासी २४ वर्षीया अर्जुन श्रेष्ठको हत्या गरेको आरोपमा ५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । २३ गते नै सोधपुछका लागि गजुरी गाउँपालिका–६ स्थित गेदेकी २४ वर्षीया सीतामाया मगर र ३७ वर्षीय बलराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेठ २० गते घरबाट अर्को गाउँ जान निस्केका श्रेष्ठलाई गजुरी गाउँपालिका–६ मा हत्या गरी दरियाल खोलामा बालुवाले पुरेको अवस्थामा शब जेठ २३ फेला परेको थियो ।
परिवारले जेठ २८ गते दिएको किटानी जाहेरीका आधारमा गजुरी गाउँपालिका–६ गदेका ५ जनालाई गिरफ्तार गरेको हो । प्रहरीले अनुसन्धानका लागि गजुरी गाउँपालिका–६ की २४ वर्षीया मगर, ३७ वर्षीय अधिकारीसहित थप तीन जनालाई गिरफ्तार गरको छ । २३ वर्षीय शरण अधिकारी, ५१ वर्षीय श्यामबहादुर भण्डारी र २२ वर्षीय विष्णु अधिकारीलाई गिरफ्तार गरी हत्या घटनामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्काले बताए ।
आरोपितहरूलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । खोलामा बालुवाले पुरिएको अवस्थामा भेटिएको शबको शिक्षण अस्पताल काठमाण्डौमा जेठ २४ गते पोष्टमार्टम गरिएको छ । बोधो औजारले हानेर हत्या गरिएका श्रेष्ठको टाउकोमा निलडाम, हातका औंला भाँचिएको र खुट्टासमेत भाँचिएको थियो ।
२० गते घरबाट निस्केको श्रेष्ठ २१ गते साँझसम्म घर नफर्केपछि २२ गते विहानैबाट परिवार, आफन्त, गाँउलेहरूले खोजी कार्य गरेका दलबहादुर श्रेष्ठले बताए । खोज्दै जाने क्रममा चिउरी भन्ज्याङमा भेटेकाहरूले गेदे तिर लागेको बताए पछि गेदेमा सोधपुछ गर्दा आएको सम्म जानकारी पाएपछि त्यही स्थानमा स्थानीय र प्रहरीको सयौको खोज तलास गरेको श्रेष्ठले बताए ।
२३ गते पनि बाक्लो उपस्थितिमा खोजतलास गर्दा नभेटिएको तर दरियाल खोलाको चालिसे कुलोको बाँधमा जाल खेल्ने मानिसले जाल हान्दै जाँदा ३ औंला देखिको र गाउँलेलाई खवर पाएपछि खोतल्दा अर्जुन श्रेष्ठको शव भएको श्रेष्ठले बताए । गाउँबाट करिब एक घण्टाको बाटो लगेर शव गाडीएकोले घटनाको धेरै जनाको संलग्नता हुन सक्ने खोजतलासमा संलग्न हुनेहरूको भनाइ छ ।