शीतलहरबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो «

शीतलहरबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

अत्यधिक चिसो तथा शीतलहरबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । चिसोबाट मृत्यु हनेमा सबैभन्दा बढी २ नम्बर प्रदेश अन्तर्गतका ८ जिल्लाका सर्वसाधारण छन् ।
बुधबारसम्म चिसोबाट ज्यान गुमाउनेको संख्या २१ रहेकोमा बुधबार राति ४ जना र बिहीबार १० जनाले कठ्यांग्रिएर ज्यान गुमाएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार सप्तरीको छिन्नमस्ता–२ रामपुराका ५२ वर्षीया सरोदेवी मुखिया, ७० वर्षीया सरस्वतीदेवी साह र सोही जिल्लाको सुरुङ्गा नगरपालिका–१ चहका ५१ वर्षीय अम्बरबहादुर पुलामीको अत्यधिक चिसोको कारण बिहीबार मृत्यु भएको हो ।
चिसोबाटै सर्लाहीको बसवरिया गाउँपालिका–१ मानपुरकी ६५ वर्षीया सियादेवी यादव र ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वा टोलका ५ वर्षीय वालक होरिल माझी मुसहरको पनि ज्यान गएको छ । उता कपिलवस्तुस्थित कपिलवस्तु नगरपालिका–६ सौरहवाका ६० वर्षीय बृजमोहन थारु सुतेकै अवस्थामा मृत भेटिएका छन् । सिराहाको अरणामा गाउँपालिका–३ का ६५ वर्षीय कारी यादब र रौतहटको माधव नारायण नगरपालिका–४ मानपुर बिसनपुर्वाकी २१ वर्षीय वालिका रेखाकुमारी यादव सुतीहेकै अवस्थामा मृत भेटिएका छन् ।
यस्तै महोत्तरीस्थित पिपरा गाउँपालिका–४ पिपराका ६० वर्षीय सुरेन्द्र मिश्रा, धनुषा स्थित धनुषाधाम नगरपालिका ९–नौसयविघका तिलेश्वर यादवका ४ महिनाका छोरा क्रिश्चनले पनि चिसोबाटै ज्यान गुमाएका छन् । शीतलहरबाट मृत्यु हुनेमा अधिकांश विपन्न परिवारका रहेका छन् । न्यानो कपडा नहुँदा अधिकांशले ज्यान गुमाएको जिल्ला प्रहरी कर्यालयहरुले जनाएका छन् ।
सबैभन्दा बढी सप्तरी र रौतहटमा चिसोबाट मानवीय क्षति भएको छ । गृह मन्त्रालयले तराई–मधेसका २२ जिल्लालाई चिसो र शीतलहरबाट प्रभावित जिल्लामा राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्