संक्रमण दर घट्दै : जोखिम भने कायमै

विश्व महामारीका रूपमा फैलिएको कोरोना महामारीको प्रभाव विश्वभरी रहेको अवस्था छ । योसँगै दोस्रो लहरका रूपमा छिमेकी मुलुक भारतबाट नयाँ भेरियन्टसहित प्रवेश गरेको कोरोना भाइरसले जनजिवन नै अस्तव्यस्थ पारेको अवस्था छ । नेपालमा भारतीय दोस्रो लहरसहित नयाँ भेरियन्टसहितको महामारी प्रवेश गरेपछि हालसम्म भाइरसबाट कैयांै मानिसले ज्यान गुमाइसकेको अवस्था छ ।
त्यसैबीचमा अक्सिजनको अत्याधिक अभाव झेलेको अवस्थामा पछिल्लो केही दिनयता भने कोरोना संक्रमण दर घट्दै गएको छ । कञ्चनपुर जिल्लामा पछिल्लो केही दिनयता संक्रमित हुनेको संख्या घट्दै गएको छ । योसँगै मृत्युदरमा पनि कमी आएको छ । जिल्लाको महाकाली अस्पतालका अनुसार जिल्लामा संक्रमित भएर उपचार गराउने तथा संक्रमित भएर उपचार गराउन अस्पताल आउनेको संख्यामा दिनप्रति दिन कमी आउने गरेको छ ।
“पछिल्लो समयभन्दा अहिले जुन संक्रमित बिरामीको चाप हो इमरजेन्सी कक्षमा त्यो घट्दो क्रममा रहेको छ ।” महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले भने, “जुन पहिले हाम्रो ३५ जना सम्म पनि दैनिक बिरामी पुग्ने गरेका थिए, तर हाल आएर भए दैनिक रुपमा १० जनासम्म संक्रमित बिरामी आइरहेको अवस्था छ, त्यसमा पनि संक्रमित भएर आउने बिरामीहरूमा पनि जटिलता भने एकदमै कम देखिएको छ ।” अस्पतालसँग पछिल्लो अवस्थामा अक्सिजन अभाव पनि गरेको छ । जसका कारण श्वाप्र–स्वासको समस्या भई निमोनिया हुने संक्रमित बिरामीको सङ्ख्या पनि कम रहेको डाक्टर रोकायाले बताए ।
अस्पतालमा संक्रमित उपचाररथ बिरामी मध्ये निको हुने बिरामीको संख्या पनि बढ्दो क्रममा रहेको छ । यसैगरी अस्पताल क्षेत्रमा उपचार गर्दा पुरानो दिनभन्दा स्थिति केही सहज भएको अस्पतालले जनाएको छ ।
यसैगरी स्वास्थ्य कार्यालयले पनि जिल्लामा पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमित बिरामीको संख्या केही घटेको जनाएको छ । स्वास्थ्य कार्यालयका कोविड समपर्क व्यक्ति सिद्धराज भट्टका अनुसार जिल्लामा पछिल्लो दिनहरूमा संक्रमित हुने सङ्ख्या घटेपनि संक्रमणमा भने कमी आएको भन्न नसकिने उनले बताए ।
“भारतबाट पश्चिमी सिमानाका गड्डाचौकी नाका भएर नेपाल फर्कने नेपाली नागरिक रोकिएको अवस्था छैन, तथापी रोकिएको अवस्था नभए पनि एन्टिजेन टेष्ट गर्दा कोरोना पुष्टि हुने दर भने केही घटेको छ ।” कोभिड सम्पर्क व्यक्ति सिद्धराज भट्टले भने, “नाकासँग जिल्लाका अन्य स्थानमा गरिएको कोरोना परिक्षणमा पनि कोरोना पोजेटिभ आउने बिरामीको सङ्ख्या विगतको भन्दा केही कम देखिएको छ ।” यसरी हेर्दा समुदाय स्थरमा फैलिएको कोरोना संक्रमणको दर केही कम हुँदै गएको पनि देखिन्छ । यसमा अस्पतालमा उपचाररथ मृत्यु हुने बिरामीको संख्या पनि कम हुँदै गएको उनले बताए ।
जिल्लामा हालसम्म २० हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण र ११ हजार ६ सय ४९ जनाको एन्टिजिन परिक्षण गरेर ३२ हजार २ सय ३३ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये ४ हजार ५ सय ९८ जना पिसिआर परिक्षण मार्फत कोरोना पोजेटिभ भएका छन् भने १ हजार ८ सय ८२ जना एन्टिजेन परीक्षणद्वारा कोरोना पोजेटिभ गरेर जम्मा ६ हजार ४ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी जिल्लामा ८ सय ५ जना पीसीआरमार्फत कोरोना पुष्टि भएका र २ सय ५७ जना एन्जिजिन मार्फत कोरोना पुष्टि भएका गरेर १ हजार ६२ जना एक्टिभ केस रहेका छन् भने हाल सम्म मृत्यु हुनेको संख्या १ सय ५२ जना रहेको छ यी मध्ये बाँकी संक्रमित भने निको भएका छन् ।
यसैगरी समुदाय स्थरमा फौलिएको कोरोना महामारी निषेधआज्ञाका कारण संक्रमणमा केही कमी आएको स्वास्थ्य कार्यालय कञ्चनपुरको भनाइ छ । संक्रमणमा कमी आएको अवस्था भएपनि समुदाय स्थरमा फौलिएको भाइरसको जोखिम भने कम नभएर उत्तिकै रहेको अवस्था छ ।