जागिर गुमे पनि कुुकुरलाई दैनिक खाना खुवाउन जुट्दै युवती «

जागिर गुमे पनि कुुकुरलाई दैनिक खाना खुवाउन जुट्दै युवती


जहाँ इच्छा त्यही उपाय भने झै भएको जागिर पनि कोरोनाले गर्दा गत वर्षदेखि बेरोजगार भएकी एक युवती झर्ना नेपालीले आफूले थालेको अभियान सडकमा भेटिने कुकुरहरूलाई खाना खुवाउने गरेको अभियानलाई हाल पनि जारी राखेकी छन् । पोखराको एक रेष्टुराँको क्यासियरमा काम गरेकी नेपालीको जागिर कोरोनाले गर्दा खोसिए पनि यस वर्ष पुनः दोस्रो लहरको कोरोनाको अवस्था पोखरामा निषेधाज्ञा जारी रहेको अवस्थामा पनि उनले बिहान र बेलुका सडक पेटिमा रहेका कुकुरहरूलाई खाजा÷खाना खुवाउनै व्यस्त भएकी हुन्छिन् ।
अन्य दिनमा दैनिक जसो १५÷१७ कुकुरहरूलाई बिहान बिस्कुट र बेलुका खाना खुवाउँदै आएकी नेपालीले कोरोनाको कारण हाल पोखरामा पनि निषेधाज्ञा जारी हुँदा होटल तथा रेष्टुराँ बन्द भएसँगै बजारमा चहल पहल ठप्पै भएकोले हाल दैनिक जसो २०÷२२ वटा कुकुरलाई खानाको प्रबन्ध गर्दैै आएको बताइन् । उनले भनिन्, “कुकुरहरू पनि हामी मानव जस्तै प्राणीहरू हुन्, उनीहरूलाई पनि भोक लाग्छ, कोरोनाले गर्दा हाल बजार प्रायः ठप्प भएको अबस्थामा कुकुरहरूले के खाए होलान भन्ने झन् मलाई चिन्त्ता लाग्छ ।” कहिलेकाहीँ कुकुरले भोग लागेको अवस्थामा बन्द रहेका सटरहरूसमेत हान्ने गरेकाले उनीहरूमा कति भोक लागेको छ भनेर मानवले बुझ्नुपर्ने उनको भनाइ छ ।
नेपालीले भनिन् “हामीले खाना खाएको ३÷४ घण्टामा भोक लागेको अनुभव हुन्छ, कुकुरहरूलाई पनि भोग हँुदो हो, यस्तो अबस्थामा फन उनीहरूलाई खाना खुवाउने ठाउँ प्रायः बन्द जस्तै भएको छ , मानिसको चहल पहल कम छ, यसमा हामी जस्ताले यस्ता जनावरको संक्षरण गर्नुपर्छ भन्ने मलाई लाग्छ ।” कुनै घटना तथा दुर्घटनामा परी घाइते भएका कुकुरको रेस्क्युसमेत गरेर उपचार समेत आफूहरूले गराएको नेपालीले जनाइन् । नेपालीको अभियानमा विगत एक बर्ष देखि साथ दिदै आएकी छन एक युवती देवियानी राईले । आफ्नो जागिर नभएको अवस्थामा राईको सहयोग र साथ पाउँदा आफूलाई कुकुरहरूको रेखदेखमा धेरै सहज भएको नेपालीले जनाइन् ।
चामल, नुन र मासु तथा हड्डी पकायर उनीहरूले बेलुका लेकसाइड क्षेत्रमा रहेका कुकुरलाई खाना खुवाउन हिँड्ने गर्छन् । पहिला कुकुरलाई खाना खुवाउँदा आफ्नो घर परिवारबाट उचित सहयोग नपाए पनि केही समय पनि राम्रै सहयोग हुने गरेको नेपाली र राईले जनाए । राई ह्याण्डिग्राफ व्यवसाय संचालन गर्दै आएकी छन् भने नेपालीले सुरु गरेको कुकुरलाई खाना खुवाउने अभियान आफूले समेत जीवन रहँदासम्म उनलाई सहयोग गर्ने बताइन्् । मासिक करिब ७ हजार रुपैयाँ खर्च लाग्ने भएको उनीहरू बताउछन् । कहिलेकाहीँ केही व्यक्ति तथा संस्थाबाट सहयोग जुट्ने अन्यथा आफ्नो व्यक्तिगत रुपमा सहयोग गर्दै आएको उनीहरू बताउँछन् । आफूलाई पनि सानैदेखि कुकुर मन पर्ने भएकाले नेपालीको अभियानमा आफुले पनि सधैं साथ दिने राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस्