Logo

पाँचथरमा चौथो चौंरी महोत्सव हुने

उच्च हिमाली क्षेत्रको वन, वातावरण जोगाउँदै फालोट क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउने उद्देश्यका साथ वैशाख १ गते चौथो चांैरी महोत्सव हुने भएको छ । परम्परागत चांैरी पालन हराउँदै गएकोमा फालेलुङ गाउँपालिकाअन्तर्गतका सिदीन, प्राङबुङ, मेमेङका चौंरीपालक कृषकको अगुवाइमा चौंरी महोत्सव हुँदै आएको हो ।
फालेलुङ गाउँपालिकाको सहयोगमा दीप ज्योति युवाक्लब, फालेलुङ कञ्चनजङ्घा पर्यटन संस्थालगायतका संस्थाहरुको आयोजनामा महोत्सव हुन लागेको हो । अघिल्लो वर्ष कोभिड–१९ का कारण यो महोत्सव हुन सकेको थिएन् ।
फालेलुङ–४ स्थित फालोट एक दिने महोत्सव गर्ने तयारी गरिएको फालेलुङ गाउँपालिकाले सदरमुकाम फिदिममा पत्रकार सम्मेलनमा जानकारी दिएको हो । ३ हजार ५ सय ६० मिटरको उचाइमा रहेको नेपाल, भारतको वेष्ट बंगाल र सिक्‍िकमको सिमानामा रहेको फालोट, तीन सीमानामा नयाँवर्षको अवसर पारेर वैशाख १ गते महोत्सव गर्न लागिएको हो ।
फालोट क्षेत्र उच्चहिमाली क्षेत्र हो । नेपाल–भारत सीमानमा पर्ने उक्त क्षेत्रमा चौरी महोत्सव आयोजना हुन लागेको हो । दुई वर्ष अगाडिबाट सुरु भएको महोत्सवमा नेपाल, भारत र भुटानबाट महोत्सवको अवलोकन गर्न पर्यटकहरु आउने गरेका छन् । चौरी महोत्सवमा महोत्सवमा पाँच सयभन्दा बढी चौंरीहरु एकैसाथ प्रदर्शन गर्ने तयारी छ । यस क्षेत्रमा २१ वटा चौंरी गोठहरु छन् । चरण क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौंरी गोठहरु घट्दै गएका छन् । गोठमा चौंरी घट्ने क्रमसँगै चौंरी संस्कृति हाराएकाले संस्कृति संरक्षणका लागि महोत्सवको तयारी गरिएको । दिपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनील राईले जानकारी दिए । महोत्सवबाट यहाँको पर्यटनको सम्भावनालाई माथि उठाउने लक्ष्य राखिएको छ । बस्तीविहीन जंगली क्षेत्रमा आयोजना गरिने चांैरी महोत्सवमा आन्तरिक र बाह्य गरी १०÷१५ हजार पर्यटकलाई सहभागी गराउने आयोजकको तयारी छ ।
वैशाख १ लाई राष्ट्रिय चौंरी दिवसको रूपमा क्यालेन्डमा अटाउने उद्देश्य रहेको हुँदा प्रत्येक वैशाख १ गते महोत्सव आयोजना गरिने आयोजकले बताएका छन् । नेपाल–भारत सीमानामा रहेको फालोट क्षेत्रमा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको आयोजकले बताएका छन् ।
चौंरी महोत्सवमा चौंरी तथा याकको बिभिन्न प्रजातिहरुको प्रदर्शन, भुटानबाट नश्ल सुधारको लागि ल्याइएको याकको प्रदर्शन, चौंरीबाट उत्पादित वस्तुहरुको प्रदर्शनी तथा बिक्री गरिने आयोजकले बताए । फालेलुङ क्षेत्रमा पाइने विभिन्न प्रजातिका जडिबुटीहरु पनि प्रदर्शनीमा राखिनेछ । महोत्सवमा घोडाचडी र याकचडीको मज्जा पनि लिन पाइने आयोजक बताउँछन् । गोठष्टेको अनुभव र गोठमा पाइने बिभिन्न परिकारहरु पनि उपल्बध गराउने आयोजकले बताए ।
मानव बस्ती नरहेको ठाउँमा महोत्सव आयोजना गर्नुपर्दा बिभिन्न समस्याहरु आएको आयोजकहरु बताउँछन् । महोत्सव अवलोकन गर्न जाने पर्यटकहरुले खान, बस्नका लागि आयेजकसँग अग्रिम बुकिङ गर्नु पर्न आयोजकले बताएका छन् । महोत्सवलाई सफल बनाउन बिभिन्न उपसमितिहरु बनाएर महोत्सवको तयारी गरिरहेको आयोजकले जानकारी दिएका छन् । ५ लाखको अनुमानित लागतमा सम्पन्न गर्ने लक्ष्य आयोजकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्