महासंघले यसो गर्ने कि

नेपाल पत्रकार महासंघले आफनो नयाँ नेतृत्व छान्न चैत २५ गते निर्वाचन गर्दैैछ । सो निर्वाचनबाट चुनिएर आउने नयाँ कार्य समितिले आफ्नै सहकर्मी वा भनौं पत्रकारहरूका बारेमा, प्रस्टसँग भन्नुपर्दा अनलाइन न्युज पोर्टलहरू जसले नियतवश वा अन्जानमै भए पनि जताभावी ढंगले समाचार लेख्ने र छाप्ने, लेख लेख्ने-छाप्ने, फिचर लेख्ने-छाप्नेहरूलाई कसरी आचारसंहिता पालना गर्ने सिकाउनु होला । हुन पनि विश्वभरि नै पत्रकारहरूलाई देशको चौथो अंगसमेत मान्ने गरिन्छ । त्यसैले सन्निकट हुँदै गरेको नेपालका पत्रकारहरूको यस महाधिवेशनले अनलाइन न्युज पोर्टलबारे केही नयाँ र प्रभावकारी व्यवस्था गरोस् भन्ने आशा राखेको छ ।
किनभने अझैं पनि नेपालका केही अनलाइन न्युज पोर्टलहरूले समाचार छाप्दा वा प्रकाशित गर्दा कैफियत गर्ने गरेका छन् । त्यसैले उनीहरूले आफ्नो समाचारदाता वा समाचार प्रेषकको फोटा, मोबाइल नम्बर, इमेल आदिसमेत उल्लेख गर्नुपर्ने नयाँ व्यवस्था लागू गराउनुपर्ने देखिन्छ । त्यस्तै कुनै पनि अनलाइन न्युज पोर्टलहरूले आफ्नो अनलाइनमा प्रकाशित लेखको लेखक वा फिचर लेखक-प्रस्तोताको पनि लेख वा फिचरसँगै फोटा, मोबाइल नम्बर, इमेल आदि राख्नैपर्ने व्यवस्था गर्नेतर्फ पनि महासंघको अब आउने नेतृत्वले ध्यान दिनैपर्ने देखिन्छ । त्यसो गर्न नसकेमा भविष्यमा अझैं पनि अनलाइन न्युज पोर्टलहरूले नक्कली नाममा समाचार लेखाउने÷छपाउने र लेखरचना लेखाउने-छपाउने काममा कमी आउने देखिँदैन । त्यसैले जानाजान वा भनौं नियत बांगिएरै पत्रकारिताको नाममा गलत कार्य गर्न चाहने-गर्नेहरू प्रोत्साहन हुने संभावना रहन्छ ।
हुन त केही दैनिक र साप्ताहिक पत्रिकाहरू अनि अनलाइन न्युज पोर्टलहरू आफैं पनि समाजप्रति जिम्मेवार महसुस गरेर सही पत्रकारिता नै गरी रहेको देखिन्छ ।
त्यसैले ती अनलाइनहरूले आफ्नो सूचना विभाग दर्ता नं., कार्यालय रहेको ठेगाना, फोन नं., फोटासहितको प्रधान सम्पादकको नाम, सम्पादकको नाम, लेखरचना प्रमुखको नाम, समाचारदाताको नाम, कार्यालय सहयोगीको नामसमेत राखेको उल्लेख गरेको÷देखिन्छ । तर, अभैm पनि केही अनलाइन न्युज पोर्टलहरूले भने आफ्नो सूचना विभाग दर्ता नं. कति हो ? कार्यालय रहेको ठेगाना कहाँ हो ? फोन नं. कति हो ? उल्लेख छैन । त्यसो भएपछि फोटोसहितको प्रधान सम्पादकको नाम, सम्पादकको नाम, लेखरचना प्रमुखको नाम, समाचारदाताको नाम राख्ने÷उल्लेख गर्ने प्रश्नै रहेन । फेरि उनीहरूको समाचार दिने शैली र उनीहरूले छापेको लेख, रचना, फिचर आदि हेर्दा उनीहरू ‘स्वच्छ मनले पत्रकारिता गर्नका लागि भन्दा पनि आपूmहरूलाई मन नपरेका राजनीतिक दल, संघ, संस्था वा व्यक्तिविशेषलाई सिध्याउन वा भनौं खुइल्याउनका लागि मात्रै अनलाइन न्युज पोर्टल दर्ता गरेका हुन् कि भनेझैँ देखिन्छ ।
अनलाइन न्युज पोर्टलको मात्रै नभएर नेपालका सयौं यु ट्युब च्यानल, अनलाइन न्युज पोर्टल, टिभी, रेडियो, एफएम रेडियो, प्रिन्ट मिडियाहरूले पनि कसैप्रति व्यक्तिगत रिस फेर्न, व्यक्तिगत फाइदा लिन र कसैको जीवन नै समाप्त पार्न हात धोएर नलागेस् भन्नका लागि साथै ‘नेपालका पहुँच नभएका-नहुने जातजाति, समुदाय, संघ–संस्थाहरू र, व्यक्ति’हरूका विरुद्घ कुनै पनि अनलाइन न्युज पोर्टल, साप्ताहिक पत्रपत्रिका, एफएम रेडियो, टिभी च्यानल आदि दुरुप्रयोग नहोेस् भन्नका लागि पनि महासंघको २६ औं महाधिवेशनले चुन्ने नयाँ कार्य समितिले खासगरी अनलाइन न्युज पोर्टलहरूले गर्ने बदमासीलाई निप्टारा लगाउनका लागि प्रेस सव्तन्त्रता हनन नहुने गरि महासंघले एउटा संयन्त्र बनाउन सोच्नैपर्ने देखिन्छ ।