Logo

गजराज जोशीको बारेमा पुस्तक प्रकाशन गरिने

नेपालले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको प्रथम एसियाली खेलकुदमा भाग लिएका नेपाली खेलाडी गजराज जोशीको जीवनीमा आधारित पुस्तक लेखिने भएको छ ।
सन् १९५१ प्रथम एशियाली खेलकुदका प्रथम खेलाडी स्व. गजराज जोशीको ११औं स्मृति दिवसको विशेष अवसरमा नेपाल ओलम्पिक संग्रहालयले जोशीको अर्धकदको मूर्ति निर्माण, जीवनी पुस्तक लेखन÷प्रकाशन, विशेष दिर्घा स्थापना र डिजिटल आर्काइभमा सूचीकृत गर्ने कार्यहरु गर्ने भएको नेपाल ओलम्पिक संग्रहालयले जनाएको छ ।
यस कार्यका लागि संग्रहालयका सल्लाहकार, राखेप र एनओसीका पूर्व कोषाध्यक्ष तथा स्पोर्ट्स फर अल कमिशन (एनओसी) का अध्यक्ष विष्णुगोपाल श्रेष्ठको रोहवरमा संग्रहालयका संस्थापक-अध्यक्ष क्षितिज अरुण श्रेष्ठ र स्व.जोशीका छोरा मनिष जोशीबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
वि.सं. १९७९ गाईजात्राका दिन जन्मेका गजराज जोशीको २०६६ फागुन १६ गते निधन भएको थियो । जोशीले आफ्नो जीवनकालमा खेलकुद, शिक्षा, राजनीतिक र सामाजिक क्षेत्रमा निकै योगदान दिएका थिए ।
संग्रहालयमा स्व. जोशीको मुर्ति र विशेष दिर्घा कक्ष आगामी २०७८ साल असार ९ गते ओलम्पिक डे का दिन अनावरण गरिने र जीवनी पुस्तक पनि बिमोचन गरिने नेपाल ओलम्पिक संग्रहालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्