Logo

सोलुखुम्बुको महादेव भीरमा भएको दुर्घटनामा ३ जनाको ज्यान गयो

सोलुखुम्बुको महादेव भीरमा भएको दुर्घटनामा ज्यान गुमाउने ३ जनाकै परिचय खुलेको छ । आइतबार राति करिब ११ः३० को समयमा बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटनामा ज्यानगुमाउनेहरूमा धादिङका ३३ वर्षीय चालक कमल मगर, हेटौंडाका अन्दाजी २३ वर्षका रामकुमार मगर, सप्तरीका १९ वर्षीय कृष्ण चौधरी छन् ।
हेटौंडाका ३३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । आइचर सोलुदूधकुण्ड नगरपालिका ११ तिङला बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानास्थित महादेव भीरबाट करिब ३ सय मिटर तल खसेको छ ।
दुर्घटनाग्रस्त आइचर दूधकोसी सोलुखोला (८६ मेगावाट)जलविद्युत् आयोजनाको निर्माणमा प्रयोगमा रहेको खुल्न आएको छ । सोलु जलविद्युत् आयोजना (२३.५ मेगावाट)मा निर्माण प्रयोग भएका सामग्री निर्माणाधीन (८६ मेगावाट) दूधकोसी सोलु खोलाजलविद्युत् आयोजनामा लैजाने क्रममा महादेव भीरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
८६ मेगावाटसम्म सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने सहजमार्ग भए पनि सल्यानतर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्