Logo

नेपाल प्रहरीलाई सूचना प्रविधि अवार्ड

नेपाल प्रहरीले सूचना प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । जापानस्थित एसियन ओसिएनियन कम्प्युटिङ इन्डष्ट्रि अर्गनाइजेसन (एएसओसिआइओ)ले एसोसियो–२०१८ डिजिटल गभर्मेन्ट अवार्डबाट नेपाल प्रहरीलाई सम्मान गरेको हो ।
उक्त अवार्ड बुधबार कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघका सदस्य डा. अभिजित गुप्ताले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरेका हुन् । सर्वोत्कृष्ठ कम्पनी, सर्वोत्कृष्ट प्रयोगकर्ता संगठन, डिजिटल गभरर्मेन्ट र आईसीटी एजुकेसन गरी ४ विधामा अवार्ड प्रदान गरिएकोमा नेपाल प्रहरी डिजिटल गभर्मेन्टतर्फ सर्वोत्कृष्ट बन्न सफल भएको हो । सन् १९८४ मा स्थापना भएको एसोसियो अवार्डका लागि एसियन र आसियनअन्तर्गत २४ मुलुक अन्तर्गतका संस्थाबीच प्रतिस्पर्धा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्