Logo

मस्र्याङ्दीमा -याफ्टिङ रौनक हराउदै

लमजुङ-विश्वकै उत्कृष्ट १० मध्येको मस्र्याङ्दी नदीमा पछिल्लो समय जलयात्राको रौनक हराउँदै गएको छ । नदीमा निर्माण भएका विभिन्न जलविद्युत् आयोजनाका कारण -याफ्टिङ तथा कायाकिङ प्रभावित भएको हो ।
जलयात्राका लागि नेपालकै उत्कृष्ट मस्र्याङ्दी नदीमा जलयात्राका लागि थोरै मात्र पर्यटक आउँछन् । मस्र्याङ्दी नदी -याफ्टिङका लागि नेपालकै उत्कृष्ट गन्तव्य भएको -याफ्टिङ व्यवसायी युवराज अधिकारीले बताए । लमजुङबाट भएर बहेको मस्र्याङ्दी नदी -याफ्टिङका लागि उत्कृष्ट हुनुले यो व्यवसायले लमजुङमा धेरै विदेशी तथा स्वदेशी पर्यटक आकर्षण गर्ने अधिकारीको भनाइ छ ।
गत वर्ष लमजुङ महोत्सवका अवसरमा मस्र्याङ्दी नदीमा सञ्चालनमा ल्याइएको -याफ्टिङमा धेरैको आकर्षण बढे पनि यसलाई निरन्तरता दिन सकिएको छैन । बेसीसहरको चनौटेदेखि उदीपुरस्थित मध्यमस्र्याङ्दी ड्यामसम्म करिब ४ किलोमिटर क्षेत्रमा परीक्षण गरी -याफ्टिङ सञ्चालन गरिएको थियो ।
मस्र्याङ्दी नदीमा जलयात्रा छोटो भए पनि निकै रोमाञ्चक भएको अनुभवीहरू बताउँछन् । मस्र्याङ्दी नदीमा जलयात्रा गर्दा चरम आनन्द मिल्ने जलयात्राको अनुभव लिएका सरोज वाग्लेले बताए ।
नेपालमा आएका पर्यटकमध्ये ७० प्रतिशत पर्यटक ग्रामीण पर्यटक हुने अनुमान गरिएको छ । त्यसमा पनि अधिकांश पर्यटक प्राकृतिक सुन्दरता हेर्न रुचाउँछन् । प्राकृतिक सुन्दरता रुचाउने पर्यटकका लागि -याफ्टिङ पर्यटन आकर्षण गर्ने स्रोत बन्न सक्ने पर्यटन व्यवसायीहरूको धारणा छ ।
लमजुङमा मध्यमस्र्याङ्दी जलविद्युत् परियोजनाको निर्माणपछि बाँधका कारणले -याफ्टिङमा प्रभाव परे पनि बाँधसम्म भए पनि -याफ्टिङ सञ्चालन गर्न सके पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने सरोकारवालाहरूले बताएका छन् ।
मस्र्याङ्दी नदीमा सञ्चालनमा ल्याइएको -याफ्टिङ छोटो दूरीको भए पनि धेरैको आकर्षणको विषय बनेकाले आगामी दिनमा निरन्तर रूपमा यो सञ्चालन गर्ने विषयमा छलफल भइरहेको लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी भेषबहादुर पौडेलले बताए । पौडेलले भने, “दैनिक रूपमा नसके पनि हप्तामा एक÷दुई दिन र मागअनुसार -याफ्टिङ सञ्चालन गर्नुपर्छ ।”
मस्र्याङ्दी नदी -याफ्टिङका लागि नेपालको नं. १ र विश्वको उत्कृट १० मध्येको एक पर्छ । -याफ्टिङलाई प्रवद्र्धनका लागि कार्यक्रम ल्याउने हो र दिगो रूपमा सञ्चालन गर्ने हो भने पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।
एकदशकअघिसम्म मस्र्याङ्दीको -याफ्टिङ लमजुङको भुलभुलेबाट सुरु भएर चितवनको नारायणगढ पुगेपछि टुङ्गिन्थ्यो । भुलभुलेदेखि नारायणगढसम्मको -याफ्टिङमा पाँच दिन लाथ्यो । तनहुँको खैरेनीमा मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण भएपछि तीन दिनमा छोटिएको जलयात्रा लमजुङको उदीपुरमा मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना बनेपछि यात्रा झनै छोटियो भने जलयात्रीहरू पनि आउन छोडे ।
यतिबेला -याफ्टिङ भुलभुलेबाट उदीपुर, पाउँदीबाट तनहुँको विमलनगर र खैरेनीबाट चितवनको नारायणघाटसम्मको झन्जटिलो यात्रा गर्नुपर्ने हुन्छ । मस्र्याङ्दीमा बनेका दुई ठूला जलविद्युत् आयोजना र बाढी–पहिरोका समयमा अड्किएका ढुङ्गाहरू सफा नगर्दा मस्र्याङ्दीमा -याफ्टिङ गर्न जलयात्री झन्झट मान्ने गर्छन्, जसका कारण जलयात्री पर्यटक नआउँदा मस्र्याङ्दीको रौनक त हराएको छ नै, आम्दनी स्रोत पनि गुमेको छ ।
नेपाल एसोसिएसन अफ -याफ्टिङ एजेन्ट्स (नारा) का अनुसार नेपालमा -याफ्टिङ २०२७ सालदेखि सुरु भएर ०३२ सालबाट व्यावसायिक रूप पाएको हो । नेपाल भित्रिने कुल पर्यटकमध्ये १५ प्रतिशतले -याफ्टिङ जाने नाराको अनुमान छ । तर, ०५६ सालदेखि नेपाल सरकारले -याफ्टिङका लागि अनुमति लिनुपर्ने प्रावधान हटाएपछि यसको लेखाजोखा पनि हराएको छ ।

कायाकिङमा अझै आशा
जलयात्राका लागि उत्कृष्ट मस्र्याङ्दी नदीमा -याफ्टिङको रौनक घटे पनि कार्याकिङको अझै सम्भावना छ । जलविद्युत् आयोजनाको अवरोधले -याफ्टिङ झन्झटिलो भए पनि कायाकिङका जलयात्री भने आउने गरेका छन् ।
पहिलो पटक नेपाल आएका न्युजिल्यान्डका स्टेफनले पनि मस्र्याङ्दीमा जलयात्रा गर्दा निकै मज्जा आएको बताए ।
“नदीको बहाव, पानीको छाल जलयात्राका लागि उत्कृष्ट रहेछ,” उनले भने, “यसलाई व्यावसायिक प्रवद्र्धन गर्न सके विश्वका जलयात्रीहरू नेपाल आउन सक्छन् ।”
व्यवसायिक जलयात्रा कमी हुँदै गएको यस नदीमा मनोरञ्जनका लागि विभिन्न देशका पर्यटकहरू आएका हुन् । मनोरञ्जनसँगै विभिन्न छोटो दूरीको प्रतियोगिताका लागि पनि मस्र्याङ्दीमा छोटो दूरीको कायाकिङ हुँदै आएको छ ।
जलयात्री पर्यटक नआउँदा मस्र्याङ्दीको रौनक त हराएको छ नै, आम्दनी स्रोत पनि गुमेको छ । यसको रौनक कायम राख्न छोटो दूरीको जलयात्रालाई भने पनि कायम राख्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।
सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्