Logo

संसद् विघटनविरुद्ध पोखरामा विरोध प्रदर्शन

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव गरेको विरोधमा पोखरामा विरोध प्रदर्शन भएको छ । विद्यार्थी नेता तथा नेकपाका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको पुत्ला समेत जलाएको अनेरास्ववियुका नेता क्षितिज सापकोटाले बताए । प्रधानमन्त्री ओलीले संविधान माथि ‘कू’ गरेको भन्दै राष्ट्रिय युवा संघ र अनेरास्ववियुका विद्यार्थीहरुको संयुक्त आयोजनामा आइतबार पोखरामा विरोध प्रर्दशन भएको उनले जनाए ।
आन्दोलनकारीले महेन्द्रपुलमा प्रधानमन्त्री ओलीको पुत्ला समेत दहन गरेका छन् । पुत्ला दहन हँुदा प्रहरी र विद्यार्थी तथा युवा संघका नेताबीच केहीबेर धकेलाधकेल समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्