सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा

सानिमा जनरल इन्स्योरेन्सको आईपीओको सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । उक्त कम्पनीको आईपीओ शुक्रवारदेखि लगानीकर्ताको खातामा जम्मा भएको हो । कम्पनीको आईपीओ २ लाख ७३ हजार जनाले १० किताको दरले प्राप्त गरेका थिए ।
कम्पनीले ‘एसजीआई’ स्टक कोड पाएको छ । कम्पनीको आईपीओ हितग्राही खातामा जम्मा भएपनि धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएपछि मात्र कारोबार हुनेछ । यसै साताभित्र धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत गराउने तयारी कम्पनीले गरिरहेको छ ।
कम्पनीले गत असोज २१ गतेदेखि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो । आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुगेको छ । उक्त कम्पनीको प्रतिसेयर आम्दानी २.६६ र प्रतिशेयर नेटवर्थ १०६.३९ रहेको छ ।