चुनढुंगा उत्खननमा रोक «

चुनढुंगा उत्खननमा रोक

प्यूठान-नौबहिनी गाउँपालिका–८, लुप्लुङमा उत्खनन् हुदै आएको चुनढुंगामा रोक लगाइएको छ । आईतवार जिल्ला प्रशासन कार्यालय प्युठानमा ब्सेको सर्वपक्षयि वैठकले १० दिनका लागि उत्खनन् कार्यमा रोक लगाएको हो ।
चुनढुंगा उत्खनन् गर्दै आएको शुभश्री सिमेन्ट कम्पनीलाई स्थानीयसंगका सहमतिहरू कार्यान्वयन गर्न निर्देशन दिदै उत्खनन् कार्य तत्कालका लागि रोकिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताए । “उत्खनन्का लागि स्थानीय संग भएका सहमति कार्यान्वयनलाई समय दिएका छौं,” प्रमुख जिल्ला अधिकारी गैह्रेले भने, “१५ दिनपछि स्थानीय तह राजनैतिक दल संघर्ष समिति र कम्पनी विचको समन्वयात्मक बैठकबाट समस्या हल गरिने छ ।”
स्वास्थ्य तथा जनजीवनमा समेत प्रत्यक्ष असर गरेको भन्दै स्थानीयले संघर्ष समिति बनाएर उत्खनन् कार्यको विरोध गर्दै आएका छन् । चरिचरण,स्थानीयको जग्गाको क्षतिपूर्ति, धुलोको उचित व्यवस्थापनलगायत कम्पनीले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । स्थानीयको आन्दोलन पछि खानी तथा भूगर्व विभागले उत्खनन्का क्रममा कम्पनीलाई तत्काल सुधार गर्न १३ बँुदे निर्देशन समेत दिएको छ । खानी क्षेत्रमा तारवार गर्ने, धुलोको उचित व्यवस्थापन गर्ने, खानी क्षेत्रको सिमाना छुट्टाउने, उत्खनन्का क्रममा स्थानीयसँग भएका सहमति कार्यान्वय लगाएत १३ बँुदे निर्देशन दिएको हो ।
स्थानीयसँग भएका सहमति कार्यान्वयन गराउने निर्णय अनुसार तत्कालका लागि आन्दोलन स्थगित गर्न सहमति भएको संघर्ष समितिका सचिव नारायण भण्डारीले बताए । सहमति विपरीत भूभागलाई खण्डर बनाएर प्राकृतिक विपत्ती आउने गरि खानीले उत्खनन कार्य गरेको संघर्ष समितिको आरोपछ । खानीले स्थानीयसँगको सहमति अनुसार स्थानीयको जग्गा पर्ने स्थानमा १५ मिटर छोडेर उत्खनन् गर्ने, ३ मिटर वेन्च कटीङ छोडेर कटान गर्नु पर्ने सहमति भए पनि त्यसको कार्यान्वयन नगरेको भण्डारीले बताए । उत्खनन्को विरोधमा उत्रिय पछि संघर्ष समितिका एकजनालाई प्रहरीले पक्राउ गरी हिरासतमा ल्याएको छ । पक्राउ परेका स्थानीय विष्णु प्रसाद भण्डारीको विना सर्त रिहा र संघर्ष समितीका अन्यमाथीको मुद्धा फिर्तालिने समेत सहमति पछि आन्दोलन तत्काललाई स्थगन गरिएको सचिव भण्डारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्