नेपाली खाना प्रबद्र्धन गर्न सेफ्सहरूलाई आग्रह

सेफ्स एसोसिएसन अफ नेपाल, पोखराको अध्यक्षमा थापा
पोखरा-सेफ्सहरूलाई नेपाली खाना प्रबद्र्धन गर्न आग्रह गरिएको छ । अधिकांश पर्यटकहरूले आफ्नो देशको राष्ट्रिय खानासहित जुन देशमा पुगेको छ त्यही देशको खानासमेत खोज्ने भएकाले गर्दा पर्यटकलाई नेपाली खानाको धेरै परिकार बनाउने गरी खाना प्रबद्र्धन गर्न शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा वक्ताहरूले जोड दिएका हुन् ।
सेफ्स एसोसियसन आफ नेपालका केन्द्रीय प्रमुख सल्लाहकार नरहरि अधिकारीले एसोसिएसन पोखरा शाखाको पहिलो भेलालाई शुक्रबार सम्बोधन गर्दै स्वदेशको लोक्कल खानाको प्रबद्र्धन गर्न सेफ्सहरूलाई आग्रह गरे । सेफ्सहरू निकै सम्बेदनशील भएकाले उनीहरूसँग धेरै फाइदा लिन व्यवसायीहरूले उनीहरूलाई सधैं राजीखुसी पार्नुपर्ने उनको जोड थियो । पर्यटन प्रबद्र्धनमा सेफ्सहरूको महत्वपूर्ण भूमिका हुने हुँदा सेफ्सहरूले विश्वका धेरै खानाको साथमा नेपाली परम्पराका खानाको समेत प्रबद्र्धन गर्नुपर्ने अध्यक्ष अधिकारीको भनाइ थियो ।
अखिल नेपाल होटल, रेष्टुरेण्ट, क्यासिनो मजदुर संघ गण्डकीका प्रदेशका अध्यक्ष राजेन्द्र तिमिल्सिनाले पर्यटन प्रबद्र्धन गर्ने सन्देस बाहकका रूपमा रहेका सेफ्सहरूले पाउनुपर्ने न्यूनतम पारिश्रमिक अझै पनि नपाएकोमा गुनासो गरे । नेपालको खाद्य संस्कृति विश्वबजारमा बजारीकरण गर्न सेफ्सहरूलाई उनले आग्रह गरे ।
एसोसियसनका संस्थापक अध्यक्ष कुशल थापा मगरले राम्रो र ठूला होटल हँुदैमा सेफ्स बिनाको पर्यटन प्रबद्र्धन हुन नसक्ने दाबी गरे । आहार विहारको लागि, खाना प्रबद्र्धनको लागि, बस्तु एक परिकार अनेक बनाउनका लागि पनि सेफ्सको भूमिका महत्वपूर्ण भूमिका हुने भएकाले सेफ्सले प्रेम र स्नेहः पूर्वक खाना पकाउने व्यबस्था गर्नुपर्नेमा उनले जोड दिए ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष खड्गबहादुर लामाले पर्यटकीय क्षेत्रका सेफ्सहरूले विश्वका हरेक मुलुकको खाना पस्कन सक्नुपर्ने बताए । सामाजिक दूरी कायम हुने गरी पोखरा होटल इनको सभाहलमा भएको उक्त कार्यक्रममा एशोसियसनका केन्द्रीय महासचिव पदम आलेले नेपालसहित विश्वका १ सय २८ देशका सेफ्सहरू हालसम्म संगठित भएको दाबी गरे । नेपालमा एसोसिएसन गठनको २५ वर्ष पूरा भएको उनले जनाए ।