मानपदवी वितरण भागवण्डाका आधारमा

सरकारले राजनीतिक आस्था र दलीय भागवण्डामा सिफारिस गरेका विभूषण-मानपदवी (तक्मा) राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी छन् । कतिपय मानपदवी त छनोट समितिमा भएका अधिकारीहरुले आफैंलाई सिफारिस गरेका थिए ।
गणतन्त्र दिवसको अवसर पारेर २०७४ जेठ १५ गते विभुषण पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरिएको थियो । अर्को वर्षदेखि भने संविधान दिवस अर्थात् असोज ३ गतेबाट प्रदान गरिने गृह मन्त्रालयले जनाएको छ । तत्कालिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकारले दलीय आस्थाका आधारमा सिफारिस गरेका विभिन्न १० किसिमका मानपदवी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् ।
“राजतन्त्र कालमा मानपदवी बछौटमा दरवार र सत्तारुढ दलकै हालिमुहाली हुन्थ्यो । अहिले त्यसको ठाउँमा सत्तारुढ दलका नेता र पहुँच-प्रभाव भएका व्यक्तिहरु पदवीबाट विभूषित हुने गरेको स्पष्ट देखियो,” मानपदवी वितरण प्रक्रियाप्रति असन्तुष्ट एक सहसचिवले भने । नेपाली कांग्रेसका संस्थापक तथा प्रजातन्त्रवादी नेताद्धय स्वर्गीय विपी कोइराला र महेन्द्र नारायण निधिलाई क्रमशः नेपाल रत्न र राष्ट्र गौरव (मरणेपरान्त) प्रदान गरिएको छ । दुवै मानपदवी क्रमशः वीपी कोइरालाका नाति सिद्धार्थ कोइराला र महेन्द्र नारायण निधि* का छोरा विमलेन्द्र निधिले ग्रहण गरेका छन् । त्यसैगरी महाउज्ज्वल राष्ट्रदीपबाट शेख इद्रिस, नोना कोइराला (मरणोपरान्त) नेकपाका अमिक शेरचन, बर्मन बूढा र रामकुमारी यादवलाई प्रदान गरिएको छ । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराइलाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप र प्रशिद्ध प्रवल जनसेवाश्री सर्वोच्च अदालतका तत्कालिन कामु प्रधान्यायाधीश गोपाल पराजुली, न्यायधीश ईश्वर खतिवडा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त दीप बस्न्यात, लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली, प्रधानसेनापति राजेन्द्र क्षेत्री र मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रदान गएिको छ । तत्कालिन गृहसचिव रेग्मी (हाल मुख्य सचिव) आफैं छनौट समितिका सदस्य सचिव हुन् । उनले प्रशिद्ध प्रवल जनसेवाश्री पाएका छन् ।
त्यस्तै अख्तियारका कार्यबाहक प्रमुअ आयुक्त नविन घिमिरे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, कामु प्रधानसेनापति पूर्णचन्द्र थापा सहित २१ जनालाई सुकीर्तिमय राष्ट्रदीप प्रदान गरिएको छ । त्यस्तै सुप्रवल जनसेवाश्रीबाट ११९, कीर्तिमय राष्ट्रदीप ५, प्रवल जनसेवाश्री १४० र जनसेवाश्री ४५ जनालाई प्रदान गरिएको छ । व्यापारी राजेन्द्र खेतानलाई जनसेवाश्रीबाट सम्मान गरिएको छ । बैंकर ज्योती पाण्डे, क्रिकेटर पारस खड्का, म्याराथुन धावक हरिबहादुर रोकायालाई कीर्तिमय राष्ट्रदीप प्रदान गरिएको छ ।
*भुल सुधार गरीएको छ