Logo

मानव मिर्गौला बेचविखनमा संलग्न ७ जनाको गिरोह पक्राउ

काठमाडौं- मानव अंग मिर्गौला बेचविखनमा संलग्न ७ जनाको गरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी मानव अनुसन्धान बेचविखन ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

भारतको नयाँ दिल्लीमा बसेर सो गैरकानूनी कार्यमा नाइकेको भूमिका निर्वाह गरिरहेका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगरबाट र उनको सहयोगीको रुपमा रहेका सुजन भारतीलाई वीरगञ्जबाट पक्राउ गरी संगठित अपराध अन्तर्गत कारबाही अघि बढाइएको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

यो गिरोहले पैसाको प्रलोभनमा पारेर काठमाडौं, नुवाकोट, काभ्रपलाञ्चोक, धादिङलगायतका सर्वसाधारणलाई भारतको नयाँ दिल्ली गरेर गैरकानूनी रुपमा मिर्गौला झिकी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । गिरोहलाई संगठित अपरोध ऐन अन्तर्गत कारबाही प्रारम्भ गरिएको प्रहरीले जनाएको छ ।

सो ऐन अन्तर्गत मानव बेचविखन र गैरकानूनी रुपमा अंग बेचविखनमा संलग्नलाई १० वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको प्रहरी वरिष्ठ उपरीक्षक पंगेनीले बताए ।

प्रतिक्रिया दिनुहोस्