Logo

तोकिएको समयभित्रै विकास आयोजनाका काम सम्पन्न गर्न निर्देशन

खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयद्वारा ललितपुरको धोविघाटमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रको निरीक्षण गरेका छन् ।
मन्त्री चौधरीले फोहोरपानी प्रशोधन केन्द्रमा भएका निर्माण कार्यको प्रगति, विद्यमान समस्या र समाधानका सम्भावित उपयायका बारेमा सम्बन्धित पदाधिकारीबाट जानकारी लिएका थिए ।
धोविघाटमा रहेका दुईवटा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रमध्ये प्रतिदिन तीन करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको एउटा केन्द्रको निर्माणकार्य आगामी डिसेम्बरभित्र सम्पन्न हुने चरणमा रहेको छ भने प्रतिदिन तीन करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताकै अर्को केन्द्रको निर्माणमा भने समस्या देखिएको छ ।
त्यस अवसरमा मन्त्री चौधरीले निर्माण सम्पन्न हुने चरणमा रहेको फोहोरपानी प्रशोधन केन्द्र छिटोभन्दा छिटो संचालन गर्नेगरी तयारी अगाडि बढाउन र निर्माणमा समस्या देखिएको केन्द्रको निर्माण कार्य के कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा निक्र्र्योल गरी कार्ययोजना बनाई अघि बढ्न निर्देशन दिए ।
मन्त्री चौधरीले कुनै पनि विकास आयोजना तथा कार्यक्रम तोकिएको समयभित्रै सम्पन्न हुनुपर्छ भन्दै आयोजनाका अधुरा काम पूरा गर्नका लागि विकल्पसहितको कार्ययोजना बनाएर अघि बढ्न र स्थानीय बासिन्दासँग गरेका प्रतिबद्धता पूरा गर्नका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्