दीगो पर्यटन विकासमा जोड दिन आग्रह

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजासँग युएनडीपी अन्र्तगत पर्यटन बोर्डले गरेका कार्यक्रमका बारेमा छलफल गरेका छन् ।
युएनडीपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक वाग्नाराजाले पर्यटन बोर्डसँग युएनडीपीको पुरानो सहकार्य रहेको उल्लेख गर्दै पछिल्लो समय युएनडीपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गरे । उनले पर्यटन आर्थिक विकासको महत्वपूर्ण क्षेत्र भएको चर्चा गर्दै बोर्डले गरेका पर्यटन मजदुरका लागि रोजगारी सिर्जना तथा पर्यटकीय गन्तव्य विस्तार जस्ता कार्यले लीगो पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले युएनडीपी जस्ता संस्थाको सहकार्यले नेपालको पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको बताए । उनले सरकार पर्यटन बोर्ड दीगो पर्यटन प्रर्वद्धन गर्द आर्थिक विकास र रोजगारी सिर्जनामा ध्यान दिइरहेको बताए ।
कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले नेपालमा पर्यटनको संस्थागत विकासमा युएनडीपीको लामो सयमदेखि योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि युएनडीपीबाट निरन्तर सहयोग रहको अपेक्षा गरेको बताए । उनले पछिल्लो समय युएनडीपीको सहयोगमा सञ्चालिन जिविकोपार्जनका लागि पर्यटन पुरुत्थान कार्यक्रम ( एसटीएरआरपी) बाट कोभिडबाट पर्यटन क्षेत्रमा परेको असर न्युनिकरण गर्दै अल्पकालीन रोजगारी सिर्जना तथाा पर्यटकीय गन्तव्यको विकासमा सहयोग पुगको बताए ।
बोर्डका निर्देशक मणिराज लामिछानेले बोर्डले एसटीएलआरपी कार्यक्रमका माध्यमबाट करिब ६ हजार जनालाई अल्पकालीन रोजगारी दिन सकिएको जानकारी दिँदै यो कार्यक्रममा स्थानीय तह तथा पर्यटनसँग सम्बनिधत संस्थाहरुसँग सहकार्यमा गरिएको बताए ।
फुट ट्रेल तथा साइकल ट्रेलको निरीक्षण
यसैबीच राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका सहायक महासचिव कान्नी वाग्नाराजा, युएनडीपीको नेपालका लागि आवासिय प्रतिनिधि आएसान्यी मेगागन्गोडा लावे, डेपुटी आवासिय प्रतिनिधि बर्नाडो कोकोले एसटीएलआरपी परियोजना अन्तर्गत काठमाडौंको चन्द्रगिरिमा निर्माण गरिएको फुट ट्रेल तथा साइकल ट्रेलको निरीक्षण समेत गरेका छन् । सो कार्यक्रममा युएनडीपीको टीमलाई स्वागत गर्दै चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले चन्द्रागिरि आफैंमा महत्वपूर्ण पर्यटकीय गन्त्वय रहेकोमा पर्यटन बोर्डमार्फत एसटीएलआरपी परियोजनाले गरेका थप कामले यस क्षेत्रमा नयाँ पर्यटकीय प्रडक्ट विकास भएको बताए ।