कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृतद्वारा मिडिया राउन्डटेबल

दोहा-कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले जन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान सेवाका लागि संयुक्त राज्य अमेरिकामै पहिलो पटक सञ्चालनमा ल्याइने अत्यधिक अपेक्षित ए३५०(१०००) को आगमनको छलफलका लागि मिडियाकर्मीहरूसँग राउन्डटेबल भोजन कार्यक्रमको आयोजन गरेका छन् ।
यस एयरलाइनको वानवल्र्ड एलायन्स अन्तर्गत आफ्नो कार्य सञ्चालनमा उक्त विमान समावेश गर्न कतार एयरवेज अत्यन्तै उत्साहित छ । उक्त ए३५०(१०००) विमान विभिन्न गन्तव्यहरूसम्म उडान भर्ने छ जसको विस्तृत विवरण आगामी महिनाहरूमा सार्वजनिक गरिने पनि कम्पनीले जनाएको छ । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले उक्त अवसरमा भने, “कतार एयरवेजका लागि अमेरिकी बजार निकै महत्वपूर्ण छ । त्यसकारणले हामी केवल संसारकै सर्वाधिक ठूलो यस उड्डयन बजारलाई सेवा प्रदान गर्न मात्र नभई संयुक्त राज्य अमेरिका तथा अमेरिकाको व्यापक बजारमा लगानीको अवसर प्राप्त गर्न पाउँदा निकै अत्यन्तै हर्षित छौं ।”
कतार एयरवेजले यही वर्ष मात्र अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संगठन स्काइट्रेक्सद्वारा सञ्चालित विश्व हवाई सेवा अवार्ड (वल्र्ड एयरलाइन अवार्ड) २०१८ मा “सर्वोत्कृष्ट बिजनेस क्लास’ लगायत विभिन्न पुरस्कारहरू हात पारेको थियो । पुरस्कार जित्ने क्रममा ‘सर्वोत्कृष्ट बिजनेस क्लास सिट,” ‘मध्य–पूर्वी क्षेत्रको सर्वोत्कृष्ट एयरलाइन’ तथा ‘विश्वकै सर्वोत्कृष्ट फस्र्ट क्लास एयरलाइन लाउन्ज’ उपाधिद्वारा एयरलाइन सम्मानित भएको थियो ।