माछापुछ्रे बैंक लिमिटेडको माछापुछ्रे महोत्सव

माछापुछ्रे बैंकले बैंकिङ कारोबार सुरु गरेकोे १८ वर्ष पूरा गरी १९ औ वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा असोज महिनाभर आफ्नो सम्पूर्ण शाखाहरूमा माछापुछ्रे महोत्सव सञ्चालन गर्ने जनाएको छ । १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा माछापुछ्रे बंैकका सम्पूर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ अनुभूति गराउने बताएको छ । साथै, यस महोत्सवलाई मध्यनजर गर्दै ग्राहकहरूलाई निःशुल्क डेबिट कार्ड/इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुछ्रे मोबाइल मनी जारी शुल्कमा ५० प्रतिशत छुट, माछापुछ्रे क्रेडिट कार्डमा ५० प्रतिशत छुट र रिटेल कर्जा सेवाशुल्कमा ०.१८ प्रतिशत छुटलगायत बिभिन्न सरप्राइजगिफ्टहरू पनि प्रदान गर्ने बैंकले बताएको छ ।
बैंकले उक्त महोत्सव असोज महिनाभरि जारी रहने बताएको छ । बैंकले सर्वसाधारणहरूलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरूको लाभ लिन आह्वान गरेको छ ।