संखुवासभाको चैनपुरमा रावा बैंकको एटीएम शुभारम्भ «

संखुवासभाको चैनपुरमा रावा बैंकको एटीएम शुभारम्भ

संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–६ चैनपुर बजारस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक समारोहकाबीच बुधबार एटीएम मेसिनको शुभारम्भ गरिएको छ । योसमेत बैंकको एटीएम मेसीनको संख्या १३६ पुगेको छ । उक्त एटीएम मेसीनको रावा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गरे । सो समारोहमा प्रमुख अतिथि किरणकुमार श्रेष्ठले रावा बैंकले आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई छिटो छरितो रूपमा बैंकिङ सेवा प्रदान गरिरहेको बताए । बैंकका ब्रान्च अपरेसन विभागका उपप्रमुख राज्यलक्ष्मी खड्गीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा बैंकका निमित्त विभागीय प्रमुख संजयकुमार श्रेष्ठ, चैनपुर उद्योग वाणिज्य संघका अध्यक्ष आशिष शाक्य, राजनीतिकदलका प्रतिनिधि, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति थियो । कार्यक्रममा चैनपुर शाखाका प्रवन्धक सुरेश मण्डले स्वागत मन्तव्य व्यक्त गरे । बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३६ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ छ । गत आवको असार समान्तसम्म बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन, १ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी र ४ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेकोे छ ।    

 

प्रतिक्रिया दिनुहोस्