Logo

आरएमडीसीको साझेदार संस्थाहरूको समीक्षा

काठमाडौं-साझेदार लघुवित्त संस्थाहरूको सहभागितामा आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत साता २ दिन वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा प्रदेश नं ४ र ५ मा अवस्थित ३६ वटा साझेदार संस्थाहरूका ६३ जना अध्यक्ष, कार्यकारी प्रमुख तथा उच्च स्तरको पदाधिकारीहरूको सहभागिता थियो ।
दुई दिनसम्म चलेको उक्त गोष्ठीको सभापतित्व आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले गरेका थिए । गोष्ठीको उद्घाटन प्रमुख अथिति नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै अधिकारीले नेपालमा लघुवित्त क्षेत्रको विकास र प्रबद्र्धनमा नेपाल राष्ट्र बैंकले सुरुदेखि नै सकारात्मक सहयोग गर्दै आएको र आगामी दिनमा पनि राष्ट्र बैंकको सहयोगी भूमिका रहने कुरा व्यक्त गरे । उक्त समारोहमा नायव प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले नेपालको लघुवित्त क्षेत्रको विकास र विस्तारमा नेपाल राष्ट्र बैक र आरएमडिसीको भूमिका महत्वपूर्ण रहेको कुरा व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्