पाँच वर्षमा १ खर्ब ५ अर्बको ग्यास आयात

बर्सेनि १५ प्रतिशतले खपत बृद्धि
नेपाली उपभोक्ताको भान्सामा पछिल्लो पाँच वर्षमा १ खर्ब रुपैयाँभन्दा बढीको खाना पकाउने एलपी ग्यास खपत भएको छ । सहजै प्रयोग गर्न सकिने अत्यावश्यक वस्तुकोे रूपमा रहेको ग्यासको आयात बढेसँगै पाँच वर्षमा १ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ बराबरको झन्डै १४ लाख मेट्रिक टन ग्यास खपत भएको तथ्यांक छ । नेपाली उपभोक्ताको भान्सामा पछिल्लो पाँच वर्षमा १ खर्ब रुपैयाँभन्दा बढीको खाना पकाउने एलपी ग्यास खपत भएको छ । सहजै प्रयोग गर्न सकिने अत्यावश्यक वस्तुकोे रूपमा रहेको ग्यासको आयात बढेसँगै पाँच वर्षमा १ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ बराबरको झन्डै १४ लाख मेट्रिक टन ग्यास खपत भएको तथ्यांक छ । स्वदेशमा विकल्प नभएको ग्यास सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि प्रयोग बढ्दै गएपछि बर्सेनि आयातदरसमेत बढ्दै गएको हो । बढ्दो सहरीकरणसँगै दाउरा र गुइँठाको अभाव हुन थालेपछि ग्यासको खपतसँगै आयातदर बर्सेनि बढ्दै गएकोे नेपाल आयल निगमले जनाएको छ । ंआर्थिक वर्ष ०७५-०७५ मा २५ अर्ब रुपैयाँ बराबरको ३ लाख ७७ हजार मेट्रिक टन ग्यास आयात भएको निगमले जानकारी दिएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले गएको एक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको ३ लाख ७७ हजार मेट्रिक टन ग्यास आयात भएको बताए । ग्रामीण क्षेत्रमा पनि खपत बढ्दै गएकाले बर्सेनि १५ देखि २० प्रतिशतका दरले ग्यासको आयात बढ्दै गएको उनको भनाइ छ । स्थानीय बजारमा ग्यासको खपत बर्सेनि १५ प्रतिशतका दरले बढ्दै गएको उनले जानकारी दिए । बिजुली र अन्य स्रोतभन्दा सस्तो पर्ने हुँदा ग्यासको खपत बढी हुने गरेको छ । निगमले आर्थिक वर्ष २०७३-७४मा १९ अर्ब ४८ करोड ९७ लाख ८८ हजार रुपैयाँबराबरको ३ लाख १४ हजार ८ सय ५ टन ग्यास आयात गरेको थियो । यस्तै आव २०७२-७३ मा भारतले गरेको नाकाबन्दीका कारण १२ अर्ब ९० करोड रुपैयाँ बराबरको २ लाख १७ हजार टनमात्रै ग्यास आयात भएको थियो । आव २०७१-७२ मा २१ अर्ब ६ करोड रुपैयाँको २ लाख ५९ हजार ९ सय १ मेट्रिक ग्यास आयात भएको निगमको तथ्यांकले देखाएको छ । यस्तै, आव २०७०-७१ मा २६ अर्ब ७० करोड रुपैयाँ बराबरको २ लाख २३ हजार एक सय ६१ मेट्रिक टन ग्यास आयात भएको थियो । यस बेला अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेकाले सबैभन्दा धेरै मूल्यको ग्यास आयात भएको हो । सो अवधिमा निगमले प्रतिसिलिन्डर १ हजार ४ सय ५० रुपैयाँमा ग्यास विक्री गरेको थियो । हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ रहेको छ । छिमेकी मुलुक भारतका विभिन्न रिफाइनरी केन्द्रबाट खाना पकाउने ग्यास आयात हुनेगर्छ । मुलुकमा विभिन्न ५५ वटा ग्यास उद्योगले आयात गरी बजारमा वितरण गर्ने गरेका छन् । मुलुकमा पर्याप्त बिजुली उत्पादन गर्न सके ग्यासको आयात घटाउन सक्ने सम्भावना भए पनि बिजुली उत्पादन नहुँदा ग्यासको खपत बढ्दै गएको विज्ञको भनाइ छ । निजी उद्योगी व्यवसायीले भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात गर्दै आएका छन् । अघिल्ला वर्ष निगमले ग्यासको मासिक कोटा निर्धारण गदै आएको थियो । तर पछिल्लो पछि कोटा उद्योगी व्यवसायीले आवश्यकताअनुसार ग्यास आयात गरिहेका छन् । बजारमा ग्यास पर्याप्तमात्रामा रहेकाले उपभोक्ताले सहजै पाउने गरेका छन् । निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरे पनि ग्यासमा उपभोक्तालाई प्रत्यक्ष असर पर्न सक्ने भन्दै लामो समयदेखि समायोजन गरेको छ । निगमलाई ग्यासमा प्रतिसिलिन्डर २ सय ३३ रुपैयाँ घाटा रहेको छ ।
आर्थिक वर्ष परिणाम(टन) रकम
०७०-०७१ २ लाख २३ हजार २६ अर्ब ७० करोड
०७१-०७२ २ लाख ५९ हजार २१ अर्ब ६ करोड
०७२-०७३ २ लाख १७ हजार १२ अर्ब ९०करोड
०७३-०७४ ३ लाख १४ हजार १९ अर्ब ४८ करोड
२०७४-०७५ ३ लाख ७७ हजार २५ अर्ब
स्रोतः नेपाल आयल निगम